– नविन जुग्जाली

संसारमा के छ ठूलो, ज्ञान, बुद्धि, विवेक ।
उद्देश्य के लिनु, उडी छुनु चन्द्र एक ।

एक चन्द्रले सूर्यबाट प्रकाश लिई पृथ्वीलाई प्रकाश बाँडेर पृथ्वीलोकलाई धन्य पारिरहेको हुन्छ । यसैगरी अर्को चन्द्रले अन्नपूर्ण गाउँपालिका ७ हिस्तान औलकी सियाना रन्तिजालाई आफ्नो कलेजो दान गरी जीवनदान दिनुभयो । मिल्ने भए आफ्नो मुटु पनि दिन तयार आमाबाबु दुवैसँग छोरीको कलेजै म्याच भएन । आमा बुबाको कलेजो म्याच नभएको र शियानाको उपचारका लागि आर्थिक अभाव हुनुका साथै कलेजोदाता पनि चाहिएको खबर म्याग्दीमा फैलिपछि आफ्नै खर्चमा भारत पुग्नुभयो । मानवीय सेवा र दानवीरहरुको अभिलेखमा दुर्लभ साहसको एउटा अभिलेख राख्नुभयो । धर्तीमा जन्म अरबौंको हुन्छ । तर त्यसको जन्म मात्र अर्थपूर्ण हुन्छ । जसले मौकामा दिन जानेको हुन्छ । दिनु पनि एउटा जीवनको कला हो । यो कला जो कोहीसँग हुँदैन किनकि दिनको लागि एउटा साहस चाहिन्छ, त्याग चाहिन्छ । यस्तो साहस र त्यागको योग्यता सबैमा हुँदैन । यस्तै साहस र त्यागका योग्यता भएका एक असाधारण व्यक्तित्वको नाम हो चन्द्र केसी ।

उहाँको जन्म पिता कृष्णप्रसाद शर्मा र माता बुद्धिकुमारी केसीको कोखबाट वि.सं. २०३२ साल कार्तिक २८ गतेका दिन थाइबाङ्ग भन्ने ठाउँमा भएको हो । हुने बिरुवाको चिल्लो पात भनेझैं चन्द्र केसी सानै उमेरदेखि जिज्ञासु एवम् प्रगतिशील सोचका धनी व्यक्ति हुनुहुन्थ्यो । सबैसँग मिल्न सक्ने मिलनसार एवम् लगनशील स्वभावका केसीले आफ्ना प्रारम्भिक शिक्षा थाइबाङ्ग प्राथमिक विद्यालयबाट पाँच कक्षा पास गरी निम्न माध्यमिक एवम् माध्यमिक तह अध्ययनका लागि गलेश्वर माध्यमिक विद्यालय तोरीपानीमा भर्ना भई अध्ययन गरेका केसीले वि.सं. २०४७ सालको एसएलसीको परीक्षामा प्रथम श्रेणीमा उत्तीर्ण हुनुभएको थियो । आफ्नो पढाइमा सँधैं अब्बल क्षमता राख्ने तीक्ष्ण बुद्धिका चन्द्र केसीले वि.सं. २०५२ सालमा पृथ्वीनारायण क्याम्पस पोखराबाट आइएस्सी र महेन्द्र बहुमुखी क्याम्पस बाग्लुङ्गबाट एमए पास गर्नुभएको हो । अंग्रेजीमा एउटा उक्ति छ – Education is the window where from the we can see the world.। अर्थात् शिक्षा त्यस्तो झ्याल हो जहाँबाट संसार चियाउन सकिन्छ ।

शिक्षाको राम्रोसँग महत्व बुझेका केसीले शिक्षाको माध्यमबाट नै समाज परिवर्तन गर्नुपर्छ भन्ने उद्देश्यले वि.सं. २०४७ देखि २०५२ सालसम्म माउन्ट एभरेष्ट बोर्डिङ्गका संस्थापक पदमा रही कुशल नेतृत्व गरेका थिए ।यसैगरी बालश्रमिक, रिक गैरसरकारी संस्थामा रहँदा विना तलब सेवा दिएका केसी रेडक्रसका सदस्य समेत हुनुहुन्छ ।

एउटा उक्ति छ, मन्त्र जप्ने ओठहरुभन्दा सेवा गर्ने हातहरु नै पवित्र हुन्छन् । मानव सेवा नै सर्वोत्कृष्ट धर्म हो भनी बुझेका चन्द्र केसीको सक्रिय नेतृत्वमा ओमकुमारी शान्तिकोषको स्थापना गरी सोही समितिको अध्यक्ष पदमा रहेर दुई वर्षको अन्तरालमा थुप्रै उल्लेखनीय कार्यहरु मार्फत् उदाहरणीय व्यक्तित्व बन्नुभएको छ । यसपछि म्याग्दी अस्पताल सञ्चालक समितिको अध्यक्ष हुँदै वि.सं. २०७५ सालमा “पढाऊ अभियान” को अभियन्ता बनेर अत्यन्तै अनुकरणीय कामहरु सम्पादन गरेका केसीले आफ्नो नेतृत्वमा भूकम्प पीडित राहतकोषमा २ करोड ३० लाख आर्थिक संकलन गरी भूकम्प पीडित क्षेत्रहरुमा पुगेर उक्त रकम वितरण गरेका थिए । यस्ता यस्ता थुप्रै मानव कल्याणका कामहरु गरेबापत् राष्ट्रपतिद्वारा सम्मानित भइसक्नुभएको छ ।

चन्द्र केसी अरुको जिन्दगी बचाउन आफू मर्न मञ्जुर हुने, जो कोहीको चेहरामा दुःखको छाया देख्न नसक्ने, कसैको आँखामा दुःखका आँसु देख्न नसक्ने करुणाका दाता केसीप्रति किन हो ईश्वर निष्ठुरी बन्यो । एमबिबिएस अध्ययनरत आफ्नो प्यारी पुत्रीलाई अकल्पनीय रुपमा गुमाउनुप¥यो । दुःखी पीडितहरुको आँखाको आँसु पुछ्दै हिंडेका केसीलाई आफ्नो आँसु आँखामा संगाली हिंड्नुप¥यो । फेरि पनि जन्म र मृत्युको विज्ञानलाई राम्रोसँग बुझेका केसीले आफ्नो विचलित मनलाई सन्तुलित गर्दै यतिबेला निरन्तर समाजसेवामा आफूलाई तल्लीन राख्नुभएको छ ।

रजनीश ओशोले एक ठाउँमा भन्नुभएको उद्गार मलाई यतिखेर याद आएको छ – “प्रेमले दिनेको भाषा जान्दछ, अहंकारले लिनेको भाषा जान्दछ, प्रेमले दिन पाएन भने दुःखी हुन्छ । अहंकारले लिन पाएन भने दुःखी हुन्छ ।” ठीक यसैगरी चन्द्र केसीको जीवनमा यही कुरा लागू भयो । चन्द्र केसीलाई दिनुमा आनन्द छ । दिनमा गर्व छ । किनकी केसीको हृदयमा प्रेम जीवितै छ । यही प्रेमकै कारण केसीसँग दया छ ।

दयाकै कारण थुप्रै अनाथ, असहाय, दुःख, टुहाुरा, टुुहुरीहरुको निमित्त पिडा बिसाउने चौतारी बन्नुभएका केसी आफ्नो आर्थिक हैसियतले भ्याएसम्म आफ्नो घरमा राखेर उच्च शिक्षासम्म पढाइदिने भाग्यदाता बन्दै आउनुभएको छ । झट्ट हेर्दा साधारण देखिने चन्द्र केसीको व्यक्तित्व असाधारण छ र उत्तिकै सभ्य एवम् शालिन पनि हुनुहुन्छ ।“जे सबभन्दा जरुरी छ, शुरुवात त्यसैबाट गर । त्यसपछि जे सम्भव छ त्यो गर । यति ग¥यौ भने अचानक तिमीले आफूलाई असम्भव कार्यसिद्धि गरिरहेको पाउनेछौ ।” – सन्त फ्रान्सिस

Leave a Reply