घायलश्री/कविता प्रेमीहरु फेरि एकपटक कविता सुन्नकै लागि म्याग्दीको सुन्दर नगरी बेनी बजारमा जम्मा हुने भएका छन् । यही असार २८ गते शनिबारको दिन कवि मनु मञ्जिललाई एकल कविता वाचन मार्फत कविता प्रेमीहरुले म्याग्दीको बेनीमा पहिलोपटक सुन्ने भएका हुन् । यसको तारतम्य मिलाएका छन् चन्द्रसूर्य साहित्य सञ्चार र प्रगतिशील लेखक सङ्घ म्याग्दीले ।

कार्यक्रम बेनी बजार स्थित मगर संघको सभाहलमा हुने आयोजकले जनाएको छ । कार्यक्रममा मनु मञ्जिलले आफ्ना चर्चित कविताहरु वाचन गर्नुहुने कार्यक्रम संयोजक दर्पण रोका मगरले जानकारी दिनुभयो । कार्यक्रममा ६० देखि ७० हजार रुपैयाँ बराबरको खर्च हुने अनुमान गरिएको समेत कार्यक्रम संयोजक रोका मगरले जानकारी दिनुभयो । कार्यक्रमलाई सभ्य रुपमा सफल बनाउन आन्तरिक तथा बाह्य तयारीलाई तिब्रता दिइएको आयोजकले जनाएको छ ।

यसभन्दा पहिले म्याग्दीमा कवि दिनेश अधिकारी, भूपिन खड्का, नवराज पराजुली, सुदेश सत्याल जस्ता राष्ट्रिय स्तरका कविहरुले टिकट तथा सङ्गीतमा कविताहरु वाचन गरिसकेका छन् । साहित्यमा युवाहरुको आगमनसँगै पछिल्लो समय धवलागिरी अञ्चलमा म्याग्दी जिल्लालाई साहित्यको उर्वर जिल्लाका रुपमा लिन थालिएको छ ।म्याग्दी सञ्चार साप्ताहिक

Leave a Reply