रोजगारीका लागि दलालहरु मार्फत अबैध बाटो हुँदै इराक पुगेकी धादिङकी पुष्पा गुरुङको इराकमा सडक दुर्घटना भयो । कयौं दिन आईसियुमा राखेर बल्ल–बल्ल बाँचेकी उनी दुर्घटनापछि राम्ररी हिँडडुल गर्न सक्दिनन् । दुर्घटनापछि इराकमा उनले वीमाको ५५ लाख रुपैयाँ पाउने भइन् । तर, उनीसँगै बस्ने म्याग्दीका किशन राईले नेपालबाट पुष्पासँगको नक्कली विवाह दर्ता गराई उक्त रकम लिएको पुष्पाको आरोप छ । इराकबाट बल्ल–बल्ल बाँचेर नेपाल फर्किएकी उनलाई पुन किशन राईले इराक बोलायो ।

सिन्धुपाल्चोकका दोर्जे शेर्पा उनको सम्पर्कमा आए र उनले कैलालीको बाटो हुँदै पुष्पालाई दिल्ली पु¥याए । सुरुमा पुष्पालाई १५–२० जना महिलाहरुको समूहमा पूरानो दिल्लीको एक होटलको कोठामा राख्यो । पासपोर्ट, नागरिता, अन्य कागजात दलालहरुलनै राखेर पछि गोवाहिटी पु¥याएको उनी बताउछिन् । गोवाहिटीमा पनि प्रहरीबाट खतरा भएपछि महिलाहरुको उक्त समूहलाई चम्पावत भन्ने ठांउमा गरेर राखियो ।

करिब एक महिना भारतमा चरम दुख पाएपछि पुष्पा गुरुङ र उनका केही साथीहरु आफ्नो पासपोर्ट, नागरिकता छाडेर भागे । पैसा नभएपछि सुन बेचेर काँकडभित्ताको बाटो हुँदै नेपाल पसे उनीहरु । मृत्युको मुखबाट फर्केकी पुष्पा गुरुङ अझै राम्ररी हिँडडुल गर्न सक्दिनन्, काम गर्न सक्दिनन् । तर पनि आर्थिक अभावका कारण दोस्रो पटक इराक जाँदा पनि दलालले उनको २ लाख रुपैयाँ खाइदियो । पुष्पा एक प्रतिनिधि पात्र मात्र हुन् । दलालहरुले धेरै नेपाली चेलीहरु दिल्लीका होटल र कोठीहरुमा पु¥याएका छन् । जो उद्धारको पर्खाईमा छन् । news24nepal.com

Leave a Reply