आज आदिकवि भानुभक्त आचार्यकाे सम्झनामा २०६ औं भानु जयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै छ । भानुकाे सम्झना आज विभिन्न कवि गाेष्ठी तथा साहित्यिक कार्यक्रमहरु आयाेजना गरी मनाइँदै छ ।

यसै अवसरमा राष्ट्रकवि माधव घिमिरेलाई “रथारोहणसहितको नागरिक समभिनन्दन” गरिँदै छ । विसं १८७१ मा असार २९ गतेका दिन हाल तनँहु जिल्लाको चुँदी रम्घा भन्ने ठाँउमा भानुभक्तकाे जन्म भएकाे थियाे । भानुभक्तले नेपाली भाषामा रामायण लेखेका थिए । उनकाे साे लाेकप्रिय कृतिले नेपालीहरुकाे मनमनमा स्थान बनाएकाे र नेपाली भाषा समृद्ध हुँदै गएकाे रुपमा उनलाई स्मरण गर्ने गरिन्छ ।

नेपाली भाषाका आदिकविकाे उपाधि पाएका भानु तत्कालीन समयका हुनेखाने परिवारमै जन्मेका थिए । उनले भावनाको मर्मलाई नेपाली भाषा र शब्दको मानचित्रमा अभिब्यक्ति दिएकै आजपर्यन्त अमर छन् । संस्कृत रामायणकाे नेपाली भावानुवादक रहेका भानुभक्तलाई कवि मोतिराम भट्टले पहिलोपटक नेपाली भाषाका आदिकवि उपाधि दिएका थिए भने उनकै पहलमा भानुकाे चर्चा चुलिएकाे हाे ।भानुले प्रश्नोत्तर (वि.सं. १९१० ), भक्तमाला (वि.सं. १९१०), वधूशिक्षा(वि सं १९१९०) लगायतका कृतिहरू लेखेका छन्।

उनका पाण्डुलिपिलाई संग्रह गरेर मोतिराम भट्टले पुस्तकाकारमा प्रकाशित गरेपछि उनी नेपाली साहित्यमा चिनिएका हुन ।ब्राह्मण परिवारको जन्म भएकाले भानुभक्तको शिक्षादिक्षा लालनपालन धार्मीक र सांस्कृतिक अनुशाशन अनुसार भएको थियो।

१५ औं शताब्दीमा ‘खस्’ राजाहरुको पराजयसंगै उतिबेला ‘खस्’ भाषा भनिने नेपाली भाषा ओझेलमा परेको थियो ।सम्पूर्ण रामायणलाई नै संस्कृतबाट नेपालीमा भाषामा लिपीबद्ध गरेका भानुभक्तले नेपाली भाषादेखि साहित्यसम्म अमुल्य योगदान दिएका थिए । नेपाली संस्करणको रामायण अलौकीकरुपमै छन्द र भावको दोभान जस्तो छ ।बाजे श्रीकृष्ण आचार्यबाट शिक्षा पाएका यिनले एउटा घाँसीको घाँस काटेर पाटी पौवा बनाउने इच्छाबाट केही न केही गरी नाम कमाउने प्रेरणा पाएका थिए भन्ने भनाइ छ । उनी सानैमा नेपाली भाषाको कवितामा बोल्थे, कवितामा गाउँथे र कवितामा नाच्थे । एक पटक एक जना बटुवाले उनको परिचय माग्दा उनले कवितामा नै जवाफ दिएका थिए ।

Leave a Reply