बेनी नगरपालिकालाई करिव २ करोडको लागतमा निर्मित भु–संरक्षण कार्यालयको नयाँ भवन हस्तान्तरण गरिएको छ । जिल्ला समन्वय समितिमा आयोजित कार्यक्रममा तत्कालिन भु–संरक्षण कार्यालयको प्रयोजनका लागि निर्मिण भवनलाई बेनी नगरपालिकाकाले अस्थायी रुपमा प्रयोग गर्ने गरी हस्तान्तरण गरिएको हो । सहरी बिकास तथा भवन डिभिजन कार्यालयमार्फत ओखलढुगा जय कालिका जेबीले १ करोड ८० को लागतमा तिनतले पक्की भवनलाइ नगरप–ालिकाले प्रयोग गर्ने गरी हस्तान्तरण भएको प्रबक्ता रामकृष्ण बराईलीले बताए

जिससमा आयोजित कार्यक्रममा पुर्ननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई बागलुङ्गकी ईन्जिनियर रक्षा श्रेष्ठ र बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद शर्माले हस्तान्तरण पत्रमा हस्ताक्षर गरेका छन् । भवन हस्तान्तरण कार्यक्रममा जिसस प्रमुख देबेन्द्रबहादुर कटुवाल, प्रमुख जिल्ला अधिकारी लिलीधर अधिकारी, बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, उपमेयर सञ्जु बरुवाल, वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ लगाएतको उपस्थिती रहेको थियो । भवन अभावका कारण कार्यसम्पादनमा समस्या भइरहेको अवस्थामा नवनिर्मित भवनबाट विषयगत कार्यालयलाई ब्यवस्थापन गरी सेवा प्रवाह गरिने मेयर हरिकुमार श्रेष्ठले बताए । ‘सेवाप्रवाहमा सहज हुनेछ,‘थप संरचनालाई समेत ब्यवस्थित गराउनेछौ’ श्रेष्ठले भने ।

उनका अनुसार नयाँ भवनबाट शिक्षा, स्वास्थ्य, कृषि लगाएतका नगरपालिकाभित्रका शाखालाई तत्कालै ब्यवस्थापन गरिने बताए । हस्तान्तरणपछि स्थलगत अनुगमनको क्रममा केही निर्माणकार्य अझै सम्पन्न गर्नुपर्ने भएकाले सम्बन्धि निर्माण ब्यवसायीलाई निर्देशन समेत दिइएको थियो ।

विपद्को जोखिममा रहेको म्याग्दीमा दलिय पहुँच नपुग्दा साविकको धौलागिरी अञ्चल हेर्ने गरी पर्वतमा कार्यालय पुर्याइएपछि भुसंरक्षणको नवनिर्मित भवन प्रयोगविहिन अवस्थामा थियो । भवनसँगै आसपासका क्षेत्रमा रहेको जग्गालाई समेत प्रयोग गरी नमुना नगरपालिका बनाउने योजना रहेको छ । संघ, प्रदेश र स्थानीय सरकारले समन्वय गरी प्रयोगविहिन अन्य सरकारी भवनलाई समेत नगरपालिकाको मातहतमा ल्याएर प्रभावकारी सेवा उपलब्ध गराउने नगरपालिकाले जनाएको छ ।

Leave a Reply