Site icon BeniOnline.com.np जिल्लाका ताजा अनलाइन समाचार

साउनदेखि तलब लिन प्यान अनिवार्य, यसरी लिनुहोस् प्यान

सरकारले साउनदेखि कुनैपनि कम्पनी तथा र्फम तथा निकायले स्थायी लेखा नम्बर(प्यान) बिना तलब दिन रोक लगाएको छ ।आर्थिक विधेयकमा तलब दिदा प्यान नभएका कर्मचारीलाई दिदा खर्च कट्टी गर्न नपाउने उल्लेख गरेको छ।कम्पनी तथा फर्मले कर्मचारीलाई दिने तलब खर्च हो । लेखापरिक्षणको क्रममा यसलाई खर्चमा लेख्ने गरिन्छ ।आर्थिक विधेयकमा भएको संसोधनले प्यान बिना दिएको तलबलाई खर्चमा उल्लेख गर्न नपाउने व्यवस्था गरेको छ ।

अर्थात कुनैपनि कम्पनी तथा फर्मले साउनदेखि कर्मचारीलाई तबल बैंक खाता मार्फत दिनुपर्छ । त्यसमा प्यान नम्बर उल्लेख हुनुपर्छ ।यसरी प्यान नम्बर उल्लेख भएपछि व्यक्तिले बुझेको पारिश्रमिकमा कति कर तिरेको छ त्यसको यकिन जानकारी सरकारलाई हुन्छ । रोजगारदाताले हरेक महिना यसरी कर्मचारीलाई दिएको तलबसँगै उनीहरुको प्यान नम्बर राखेर कर तिर्नुपर्ने हुन्छ । जसले जति तलब बैंकबाट बुझेको छ त्यती नै कर तिर्ने छ ।

अहिलेसम्म करिब ९ लाखजनाले व्यक्तिगत तर्फ प्यान लिएका छन् । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको आर्थिक गणनामा देशभरमा ९ लाख २३ हजार ३५६ प्रतिष्ठान रहेका छन् । जसमा आधामात्र सरकारी निकायमा दर्ता छन् ।ती प्रतिष्ठानले ३२ लाख २८ हजार ४७५ जनालाई रोजगारी दिएको सर्वेक्षण तथ्यांक विभागले सार्वजनिक गरेको थियो । विभागबाट व्यक्तिगत तर्फ प्यान लिएको संख्याले अझै ७० प्रतिशत रोजगारीमा रहनेले प्यान नलिएको देखिन्छ ।

निजी क्षेत्रका संघ संस्थाले प्यान अनिवार्य गर्ने विषयलाई कार्यान्वयन नगर्न सुझाव भने दिएका थिए । सरकार यो निर्णयबाट पछाडि हट्ने छैन । बुधबारदेखि नयाँ आर्थिक वर्ष सुरु हुने भएको हुँदा सो व्यवस्था अनिवार्य रुपमा लागु हुने छ । Source: Clickmandu.com

कसरी लिने प्यान

Exit mobile version