रोजगार अनुमति प्रणाली ईपीएसमार्फत दक्षिण कोरियामा प्रशिक्षार्थी नेपाली कामदार पठाउन लिइएएको कोरियन भाषा परीक्षा उत्तीर्ण भएका परीक्षार्थीको सीप तथा क्षमता परीक्षण आगामी मंसिर ४ देखि १९ गतेसम्म हुने भएको छ।

यसअघि आगामी भदौ ४ देखि १८ गतेसम्म सञ्चालन हुने भनिएको दोस्रो चरणको सीप तथा क्षमता परीक्षणको समय सारेर आगामी मंसिर ४ बाट सञ्चालन हुने भएको ईपीएस कोरिया शाखाले जनाएको छ। सोमबार पुनः नयाँ सूचना प्रकाशन गरी ईपीएस कोरिया शाखाले सीप तथा क्षमता परीक्षण आगामी मंसिर ४ गते हुने जानकारी गराएको हो। यो समाचार आजको राजधानी दैनिकमा छ।

Leave a Reply