जिल्ला प्रहरी कार्यालय म्याग्दीले ‘बेस्ट पुलिस अफ् द मन्थ अवार्ड’बाट जिल्ला ट्राफिक कार्यालय म्याग्दीका जवान बैकुण्ठ पौडेललाई सम्मान गरेको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीको परिसरमा आयोजित एक समारोहमा म्याग्दीका प्रहरी नायव उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले एकैपटक दुई यूवतीसहित ६ जना लागुऔषध प्रयोगकर्तालाई पक्राउ गर्न महत्वपूर्ण भूमिका खेलेका पौडेललाई कदरपत्र हस्तान्तरण गरी सम्मान गरेका थिए ।

सम्मानपछि बोल्दै प्रनाउ मरासिनीले राम्रो काम गर्ने व्यक्ति ओझेलमा नपर्ने भन्दै पहिलोपटक म्याग्दीमा अवार्डको घोषणा गरी पुरस्कृत गरिएको बताए । उनले हरेक महिना एकजना उत्कृष्ट प्रहरी कर्मचारीलाई छनोट गरेर अवार्डमार्फत सम्मान गरिने जानकारी दिएका छन् । गत जेठ ३२ गते पौडेलको सूचनाको आधारमा बेनपा–७ मंगलाघाटबाट रेजिना श्रेष्ठ, राजकुमार शेरपुञ्जा, विजय बानियाँ, २१ बर्षिय निखिल फगामी, मंगला सिता विक र प्रविण छन्त्याललाई ८६ सेट डाईजापाम, फेनेरागन, नुर्फिन, १२ थान सिरिन्ज बरामद गरेको थियो ।

लागुऔषध प्रयोगकर्तालाई समात्ने पहिलो प्रयास पौडेलले नै गरेकाकाले साहसिक कार्यको उच्च मूल्याङ्कन गर्दै सम्मानस्वरुप प्रहरी हवल्दार थापालाई नगद र कदरपत्रसहित ‘बेस्ट पुलिस अफ द् मन्थ अवार्ड’बाट सम्मानित गरिएको प्रहरीले जनाएको छ। साङ्गठनिक नीति तथा प्राथमिकतालाई अनुसरण गरी जिल्ला प्रहरी कार्यालय म्याग्दीले प्रहरी कर्मचारीहरुको मनोबल उच्च राख्न र कार्यसम्पादनमा सफलता प्राप्त गर्ने उद्देश्यसहित गत बैशाख महिनादेखि नयाँ कार्यक्रम पुसिल अफ द मन्थ सुरु गरिएको थियो । यसअगाडी सम्मानित हुने प्रहरीले समेत जोखिम मोलेर उद्धारमा खटिएकालाई सम्मान गरिएको थियो । पुलिस अफ् द मन्थ कार्यक्रम छनोटका लागि प्रहरी निरीक्षकको अध्यक्षतामा ३ सदस्यीय छनोट समिति गठन गरिएको छ ।

Leave a Reply