गुँरास लाइफ इन्स्योरेन्सले बोनस दर सार्वजनिक गरेको छ । इन्स्योरेन्सले आ.व.२०७४ / ७५ को लागी बीमितलाई दिने बोनस दर सार्वजनिक गरेको हो ।बीमा समितिले असार २९ गते दिएको स्वीकृति पश्चात कम्पनीले बोनस दर सार्वजनिक गरेको हो । इन्स्यारेन्सले सावधिक जीवन बीमालेख अन्तर्गत १४ वर्ष सम्मको बीमा अवधिको लागि ५१, १५ देखि १९ वर्षको लागि ५६, २० देखि २४ वर्षको लागि ६१ र २५ वर्ष वा सो भन्दा माथिको बीमा अवधिमा कम्पनीले ८६ रुपैयाँ दिने भएको छ।

सावधिक तथा आजीवन बीमालेखमा कम्पनीले १४ वर्ष सम्मको बीमा अवधिको ५२, १५ देखि २९ वर्षको लागि ५७, २० देखि २४ वर्षको लागि ६२ र २५ वर्ष वा सो भन्दा माथिको लागि ८७ रुपैयाँ दिने भएको छ ।यस्तै, अग्रीम भुक्तनी सावधिक जीवन बीमालेखमा १४ वर्ष सम्मको लागि ४७, १५ देखि २९ वर्षको लागि ५२, २० देखि २४ वार्षको लागि ५७ र २५ वर्ष दिने कम्पनीले जनाएको छ । insurancekhabar.com

Leave a Reply