तीनबाली हुने खेतमा रोपाई बाँकी रहेकाले म्याग्दीमा असारमा जम्मा ४० प्रतिशत धान रोपाई सकिएको छ । जिल्लाको प्रमुख तीन बाली हुने खेतमा साउन महिनाको दोस्रो सातासम्म रोपाई हुने कृषि ज्ञान केन्द्र म्याग्दीका बागबानी विकास अधिकृत भोजबहादुर थापाले बताए । उनका अनुसार म्याग्दीमा धान उत्पादन हुने खेतमा गहुँ र मकैं समेत हुने भएकाले मकै काटेपछि मात्रै रोपाई हुने ७ सय ४२ हेक्टर रहेको बताए । पछिल्लो समय धान खेतीबाहेक अन्य बालीमा समेत आर्कषण बढेकाले बाँझो खेतको सदुपयोग समेत बढेको थापाको भनाई छ ।

मकैलाई थोरै जमीनमा पनि धेरै उत्पादन दिने तथा जिल्लाभित्रै खपत हुने भएकाले मकै उत्पादनमा समेत कृषक आर्कषित भएकाले मकै खेती हुने जमिनमा धान खेती साउनको दोस्रो सातासम्म सम्पन्न हुने कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । मानो छरेर मुरी उब्जाउने महिनाको रुपमा असारलाई लिने गरिएपनि अनियमित बर्षाका कारण खोलानदीमा मूल नफुटेका कारण रोपाईमा समस्या भएको थियो ।

कुल खेतीयोग्य जमिनमध्ये ३ हजार ८ सय ९५ क्षे। जिल्लामा स्थानीय जातका गौरिया, गुडुरा, ताकमारे, मार्सी, भट्टे लगाएतका आयातित विकासे जातका अन्नपूर्णत्रफलमा धान खेती हुन्छ  ३, छमरुङ, खुमला ४, खुमला १० लगाएतका जातका धान रोप्दै आएका छन् । जिल्लामा १२ हजार ७ सय ३ मेट्रिक टन धान उत्पादनको अनुमान गरिएपनि बेनी नगरपालिका सहित अन्य पाँच वटै स्थानीय तहका बाँधो खेतका कारण कुल जनसंख्याको अनुपातमा १४ सय मेट्रिक टन खाद्यबाली आयात गर्ने गरिएको छ ।

ग्रामिण क्षेत्रका यूवाहरू धमाधम विदेश पलायन, बसाईसराईका कारण खेतीयोग्य जमिन समेत प्रयोगविहिन अवस्थामा रहेकाले पनि सिचाई सहित खेतीका लागि प्रोत्साहनका लागी स्थानीय तहमा उत्पादनमुखी कृषि योजना बनाउन सकेमा आयातलाई रोक्न सकिने कृषिका जानकारहरु बताउँछन् । उच्च हिमाली क्षेत्रका बासिन्दाले अन्य अन्नबाली उत्पादन गर्ने भएपनि चामल आयात गर्ने गरेका छन्।

Leave a Reply