अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा निर्माणधिन अवस्थामा रहेको पाँच मेगावाट क्षमताको घलेम्दी खोला जलविद्युत आयोजनाको इन्टेक र टनेलमा बाढीले क्षती पुगेको छ । गतहप्ता घलेम्दी खोलामा आएको बाढीले इन्टेकको बाँध हुदै टनेलभित्र प्रवेश गरेको बाढीले भुई ढलान र सर्टकिटमा क्षती पुगेको आयोजनाले जनाएको छ ।

आयोजनाको निर्माणकार्य सम्पन्न गरी परिक्षण उत्पादनको तयारीमा रहेको अवस्थामा एक्कासी बाढीले क्षती पुगेपछि मर्मतकार्य भइरहेको प्रबन्ध निर्देशक प्रमोद श्रेष्ठले बताए । ‘प्राविधिकको टोलीले मर्मत गरिरहेको छ,‘मर्मत सकिएलगत्तै परिक्षण उत्पादनको तयारीमा छौ’श्रेष्ठले भने ।उनका अनुसार प्राविधिक पक्षले स्थलगत अनुगमनपछि क्षतीको लगत समेत संकलन गरेको बताए । एकपटक परिक्षण समेत सफल भइसकेको छ । अत्याधिक बर्षा हुने क्षेत्र भएकाले पनि बार्खाको समयमा आयोजना आसपासका क्षेत्रमा समस्या हुने गरेको जनाइएको छ ।

भुई ढलान सहित क्षतीपुगेको क्षेत्रमा मर्मत गरी एकमहिना भित्र नै परिक्षण उत्पादनको तयारी गरिएको आयोजनाले जनाएको छ ।घलेम्दी खोलाको धार परिवर्तन गरी निर्माणकार्य गरिएकाले पनि खोला पुरानै अवस्थामा फकाईएकाले पनि क्षती भएकाले आगामी बर्ष क्षती हुन नदिने गरी सर्तकता अपनाइएको जनाइएको छ । प्राधिकरणले वार्षिक साढे १३ करोड रुपियाँ बराबरको विद्युत खरिद गर्ने प्राधिकरणले वर्षायाममा चार रुपैयाँ ८० पैसा र हिउँदमा आठ रुपैयाँ ४० पैसामा प्रतियुनिट विद्युत खरिद गर्ने जनाइएको छ ।

Leave a Reply