यदि तपाईले खाली समयमा कानमा हेडफोन लगाएर घण्टौंसम्म गीतहरु सुन्नुहुन्छ भने सतर्क रहनुहोस् । घण्टौंसम्म कानमा हेडफोन लगाएर गीत सुन्दा विभिन्न प्रकारको रोगहरु लाग्ने खतरा हुन्छ । तपाई÷हाम्रो साथीको रुपमा प्रयोग गरिने हेडफोन दुश्मन जस्तै हो । हेडफोनको प्रयोग गर्दा कानमा मात्रै समस्या उत्पन्न हुँदैन, अन्य विभिन्न रोग लाग्ने खतरा समेत हुन्छ ।

हेडफोनको प्रयोग गर्दा निम्न रोग लाग्न सक्छः–

बहिरोपनः
एक अध्ययनका अनुसार यदि कुनै मानिस दुई घण्टासम्मको लागि ९० डेसिबल भन्दा बढी आवाजमा गीत सुन्छ भने उसलाई बहिरापनको समस्या देखापर्छ । साथै अन्य रोगहरुले च्याप्ने समेत हुन्छ । कानको सुन्ने क्षमता ९० डेसिबल हुन्छ । लगातार गीत सुन्दा जुन ४० देखि ५० डेसिबलसम्म कम हुन्छ । जसको कारण ती ब्यक्तिले टाढाको आवाज विस्तारै सुन्न छोड्दै जान्छ ।

मुटुको रोगः
ठूलो आवाजमा गीत सुन्नु कानको लागि मात्रै नभई मुटुको लागि पनि हानिकारक छ । ठूलो आवाजमा गीत सुन्दा मुटुको धड्कन पनि बढ्दै जान्छ । नर्मल स्पिड हुनुपर्नेमा मुटुको धड्कन बढ्दै जाँदा समस्या देखा पर्नसक्छ ।

टाउको दुखाईः
हेडफोनबाट निस्कने विद्युत चुम्बकीय तरंगका कारण ब्यक्तिको दिमागमा नराम्रो असर पर्छ । जसको कारण टाउको दुख्ने, निद्रा नलाग्ने लगाएतका समस्या देखा पर्छ ।

कानको संक्रमणः
यदि तपाईले खाली समयमा अफिस या घरमा एक–अर्कासँग गीत सुन्न हेडफोन सेयर गर्नुहुन्छ भने सतर्क रहनुहोस् । तपाईको यस्तो बानीले कानमा इन्फेक्शन हुने सम्भावना धेरै हुन्छ ।

कान शुन्य हुन्छः
लामो समयसम्म हेडफोनबाट गीत सुन्दा ब्यक्तिको कान शुन्य हुनसक्छ । जसको कारण मानिसको सुन्ने क्षमता कम हुँदै जान्छ । ठूलो आवाजमा गीत सुन्दा कानमा मात्रै असर गर्दैन, मानसिक रोगको समस्यासमेत बढ्छ ।

डाक्टरहरुका अनुसार लामो समयसम्म हेडफोनबाट गीत सुन्दा कानमा छन्–छन् आवाज आउनु, रिंगटा लाग्नु, टाउको वा कान दुख्नु लगाएतको समस्या देखा पर्छ ।

बच्ने उपायः
यदि यी समस्याहरुबाट तपाई पनि बच्न चाहनुहुन्छ भने आवश्यक परेको अवस्थामा मात्र हेडफोनको प्रयोग गर्नुस् । हेडफोनको प्रयोग गर्दा राम्रो क्वालिटीको मात्र प्रयोग गर्नुहोस् । सानो डेसिबलमा मात्र सुन्नुहोस् । Agancey

Leave a Reply