गैर आवासीय नेपाली संघ(एनआरएन) न्यूजिल्याण्डको सम्पन्न अधिवेशनबाट अध्यक्षमा लाल केसी अत्याधिक मतले विजय भएका छन् । शनिबार सम्पन्न मतगणनामा अध्यक्षमा केसीले ९ सय ३५ मत प्राप्त गरेका थिए । उनका प्रतिद्धन्द्धी धनश्याम सापकोटाले ४ सय ४६ मत प्राप्त गरे । उपाध्यक्ष, सचिव सहित सम्पूर्ण २० सदस्यमा केसी प्यानलबाटै विजय भएका छन् ।

‘आमूल परिवर्तनका लागी समावेशिता, पारदर्शीता र जवाफदेहीता’ भन्ने मुल मन्त्रसँगै ‘नेपालीका लागी नेपाली’ अभियानमार्फत चुनावी मैदानमा उत्रिएका केसी प्यानलप्रति निर्वाचनमा आर्कषण देखिएको थियो । गैर–आवासीय अभियानको मर्म अनुसार आमूल परिवर्तनका लागि आधारभूत रुपमा समावेशिता, पारदर्शिता र जवाफदेहिता जस्ता मूल्य–मान्यताहरुलाई स्थापित गर्दै अगाडी बढ्ने प्रतिबद्धता जनाएका छन् । न्यूजिल्याण्ड भरि बसोबास गर्ने सबै पेशा, उमेर र इमिग्रेसन स्टेट्सका सम्पूर्ण नेपालीहरु अट्न सक्ने संस्थाको रुपमा स्थापित गर्ने केसीले प्रतिबद्धता जनाए ।

आर्थिक कोष, निर्णय प्रक्रिया, व्यवस्थापन तथा जानकारी लिने–दिने सम्बन्धमा साधारण सदस्यहरु माझ अध्यावधिक सूचना समयमै सहज र खुल्ला रुपमा आदान प्रदान गर्दै पारदर्शीता कायम गर्ने बताए ।ब्यवसायीक किवी खेतीमा सक्रिय रहेका केसीले कृषितर्फ उत्कृष्ट अवार्ड समेत प्राप्त गरेका छन् । केसी बेनी नगरपालिका–४ सिंगा बास्कुना निवासी हुन् । जन्मगाउँमा ब्यवसायीक सुन्तला खेतीका योजनाकारमध्ये मानिने केसीले बास्कुनाको सुन्तलालाई काठमाण्डौको बजारमा जोडेका थिए । सालिन तथा समाजिक कार्यकर्ताको रुपमा चिनिन्छन् ।