Site icon BeniOnline.com.np जिल्लाका ताजा अनलाइन समाचार

मोना जापान सेन्दाईको कार्यसमितिले पूर्णता पायो

म्याग्दी प्रवासी नेपाली सघं (मोना) क्षेत्रीय समिति सेन्दाई जापानले कार्यसमितिमा पूर्णता दिएको छ । समितिको अध्यक्षमा कमल बानियाँ, उपाध्यक्ष सागर थापा, सचिव सुरेन्द्र विश्वकर्मा,सहसचिबमा सुस्मीता कोइराला र कोषाध्यक्षमा सुवास खत्री छन् । त्यसैगरी सदस्यहरूमा सुरेश पुन, प्रविण खत्री, अस्विन भण्डारी, विकास विश्वकर्मा,विकास बुढाथोकी र मनोज कुमार चोखाल रहेका छन् । समितिको सल्लाहकारमा छत्र केसीलाई चयन गरिएको छ । आइतबार आयोजित परिचयात्मक कार्यक्रममा संस्थागत गतिविधिलाई थप प्रभावकारी बनाउने अध्यक्ष बानियाँले बताए ।

‘सेन्दाईमा रहेका म्याग्देलीलाई संस्थामा आवद्ध हुन अपिल गर्दछु,‘सुखदुख साटासाट गर्ने चौतारी हो’ बानियाँले भने । उनले जन्मभुमि म्याग्दीमा हुने सामाजिक तथा मानवीय सेवामा आफ्नो गास कटाएर सहयोग गर्ने बताए । उनले सेन्दाईमा आएका विद्यार्थीलाई सहज हुने गरी काम तथा अन्य सेवाहरुका लागि समेत संस्थाल सहयोग गर्ने बताए । संस्था स्थापनापछि विभिन्न मानविय सेवामा समेत सहयोग गरेको थियो ।

Exit mobile version