नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीको इन्चार्जमा संघीय सांसद भुपेन्द्र बहादुर थापा चयन भएका छन् । आइतवार बसेको नेकपा केन्द्रिय सचिवालयको बैठकले थापालाई इन्चार्जमा चयन गरेको हो । थापा पूर्व एमालेका नेता समेत हुन् ।
बेनी नगरपालिका १ रत्नेचौरका बासिन्दा थापा २०७१ सालको साउन १ गते नेकपा एमालेको वैकल्पिक केन्द्रीय सदस्यमा निवार्चित भएका थिए । थापाले २०३८ सालमा अखिल पाँचौमा आवद्ध हुँदै राजनीति गरेका थिए । यता नेकपाको सहईन्चार्जमा तत्कालिन माओवादी केन्द्रको भागमा परेको छ । माओवादीका जिल्ला इन्र्चाज मानबहादुर बुढा रहेपनि पार्टी एकतापछिको सहईन्र्चाजको जिम्मेबारी तोकिएको छैन् ।