नेपाल कम्युनिष्ट पार्टीको विद्यार्थी सङ्गठन अनेरास्ववियु म्याग्दीको आयोजनामा आइतबार बेनी नगरपालिका–६, राहुवडामा वृक्षारोपण भएको छ । एक स्थानीय तह, एक वन निर्माण गर्ने सरकारको कार्यक्रम अनुसार राहुवडाको सार्वजनिक रुपमा खाली तथा पाखोमा ३ सय ५ वटा काठ र घाँस प्रजातीका विरुवाहरु रोपिएको हो ।  वृक्षारोपण गर्दै अनेरास्ववियुका संयोजक ऐन महरले देशभर ५० लाख विरुवा रोप्ने अभियानमा आफूहरु रहेको बताएका छन्।

कार्यक्रममा नेकपा म्याग्दीका अध्यक्ष गोविन्द पौडेल, प्रदेश सभा सदस्य विनोद केसी, नेकपाका प्रदेश कमिटी सदस्य मुना बानियाँ, जिल्ला सचिव हरिकृष्ण श्रेष्ठ, विद्यार्थी नेता सुनिता बराल, जिल्ला नेताहरु देवेन्द्रबहादुर केसी, बालकृष्ण सुवेदी, विद्यार्थी नेता प्रकाश पौडेल लगायतको उपस्थिति रहेको थियो ।विद्यार्थी नेता सुवास विश्वकर्माको अध्यक्षता, रेशम केसीको सञ्चालन र वडा अध्यक्ष कृष्णसिङ बानियाँको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । अनेरास्ववियुले देशव्यापी रुपमा वृक्षारोपण अभियानमार्फत ५० लाख विरुवा रोप्ने जनाएको छ ।

Leave a Reply