गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको अध्यक्षमा पुनः राधिका (टिका) गुरुङले उम्मेदवारी दिएकी छन् ।सातौं अधिवेसनका लागि आज राधिकाले उम्मेदवारी दर्ता गराएका हुन् । यसअघिको कार्यसमितिमा अध्यक्षता गरी कार्यकुशलता प्रस्तुत गरिसकेकी राधिकाले अपुरा कामलाई पूर्णता दिन र समयको मागका कारण उम्मेदवारी दिएको स्पष्ट पारेकी छन् ।

आफ्नो कार्यकालको समीक्षा गर्दै एनआरएन हङकङलाई थप उचाईमा पुर्याउन आफ्नो उम्मेदवारी भएको उनले घोषणापत्र मार्फत प्रतिवद्धता जनाएकी छन् ।अबको दिनमा गर्ने महत्वपूर्ण छ बुँदे घोषणापत्र सार्वजनिक गर्दै उनले आफ्नो उम्मेदवारीको मनोनयन दर्ता गराएकी छन् ।

Leave a Reply