नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको आर्दथ र विचारलाई आत्मसाथ गरी पार्टीको अभियानलाई तिब्रता दिने म्याग्दीमा आयोजित कार्यक्रममा सहभागी बक्ताले बताएका छन् । प्रजातन्त्रका सेनानी एवम प्रथम जननिर्वाचित प्रधानमन्त्री समेत रहेका कोइरालाको ३७ औं स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस म्याग्दीले आयोजना गरेको स्मृति दिवसको अवसरमा बोल्दै पार्टी सभापति खमबहादुर गर्बुजाले विपिको मेलमिलापको नीति अझै सान्र्दभिक रहेको बताए ।

उनले पार्टीका गतिविधिलाई तिब्रता दिने गरी जिल्लाभर केन्द्रिय कार्यक्रम बाहेक पनि थप योजना बनाएर अगाडी बढ्ने बताए । बिचार र सिद्धान्तबाटै विचलित भएमा पार्टीलाई अपूरणीय क्षती हुने बताउँदै नेकपा नेतृत्वको सरकारले पार्टीका कार्यकर्ता केन्द्रित कार्यक्रमहरुमा बजेट विनियोजन गरी महंगो कर लगाएको आरोप नेताहरुको थियो । बर्तमान सरकारले एकदलिय शासन जस्तै गरी शान्तिपूर्ण आन्दोलनलाई समेत हस्तक्षेप गर्ने कार्यको विरुद्ध शसक्त आन्दोलन गर्ने चेतावनी दिएका थिए ।

कार्यक्रममा पूर्व सभापति डा. भुपेन्द्रबहादुर खड्का, पूर्व सहअध्यक्ष नेत्रबहादुर महत, उपसभापति माधवप्रसाद रेग्मी, प्रबक्ता अजयमिलन श्रेष्ठ, सचिव एवम् बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, नेता चिरञ्जीवि शर्मा, जिल्ला सदस्य केबी भण्डारी, नेपाल महिला संघकी अध्यक्ष बिमला गौचन, बेनी नगर सभापति अनोद श्रेष्ठलेनेपालको राजनीतिक क्रान्तिमा नेतृत्वकर्ता कोइरालाको बीचारलाई दिवसमा मात्रै नभई हरेक दिन पार्टी सञ्चालनमा प्रयोग गर्नुपर्नेमा जोड दिइएको थियो ।

अब्बल साहित्यकार समेत रहेका कोइरालाले पञ्चायतको मृत्युदण्डका मुद्धाको समाना गदैं बहुदलीय ब्यवस्था र सुधाररिएको निर्दलीय पञ्चायत ब्यवस्था बीच जनमत संग्रह गराउन नेतृत्वदायी भूमिका खेलेका थिए । प्रजातान्त्रिक समाजवादका ब्याख्यता रुपमा सुपरिचित कोइरालाको २०३९ साल ६ साउनाम क्यान्सर रोगले निधन भएको थियो ।

Leave a Reply