नवीन जुग्जाली/एक वैज्ञानिक शोध अनुसार आधुनिक विज्ञानमा समेत नयाँ क्रान्तिको लहर ल्याउने महातम वैज्ञानिक अल्वर्ट आईन्स्टाइनको दिमाग परिश्रम गर्दा उहाँको जम्मा १३ प्रतिशत मात्रै आफ्नो दिमाग प्रयोग भएको थियो । यसको मतलव हरेक मनुष्यको दिमाखभित्र अपार क्षमता छ । सय प्रतिशत क्षमता भएको सुपर कम्प्युटर शिरमा बोकेर पशुको जस्तो निरिह जिन्दगी बाँचेका रहेछौं । एक हातमा हिरा बोकेर दोस्रो हातले भिख माग्दै बाँचेका रहेछौ ।

आफूभित्र प्रकाश छिपाएर अन्धकारमा बाँचेका रहेछौ । यहाँ १३ प्रतिशत मात्रै आफ्नो दिमाख प्रयोगमा ल्याउने वैज्ञानिकले आफ्नो युगमा युगान्तकारी परिवर्तन ल्याएर आधुनिक विज्ञानको जगतमा हलचल मच्याएका थिए । यदि १०० प्रतिशत नै दिमाखको प्रयोग हुने हो भने त्यसको परिणाम के हुन्छ । त्यसको अनुमान हामीले सजिलै गर्न सकिँदैन ।

हामी सामान्य मान्छेको दिमाख २ देखि ३ प्रतिशत मात्रै प्रयोगमा आएको कुरा वैज्ञानिकहरु दाबी गर्छन् । हामीमध्ये पाँच प्रतिशत सफल पुरुषहरुले यस धर्तीमा शासन चलाएका छन् र आफ्नो सफलताले संसार हलचल मच्याएका छन् । सायद यी सफल पुरुषहरुले हामीले भन्दा केही बढी प्रतिशत दिमाख प्रयोग गरेको हुनुपर्छ । यसरी आफ्नो दिमाखको क्षमता विकास गरी नेपालको विज्ञान प्रविधिमा नयाँ लहर ल्याउने एक नायक हुन् महावीर पुन ।

जसलाई देशले चिनेन विश्वले चिन्यो । यो कुराको पुष्टि तब भयो जब उनलाई सन् २००७ सालमा रामोन म्यागासेसे पुरस्कार प्राप्त भयो । महावीर पुनको जन्म पिता कृष्ण पुन र माता पूर्वी पुनको कोखबाट जेठो पुत्रको रुपमा वि.सं. २०११ साल माघ ५ गतेका दिन राम्चेको नाङ्गी भन्ने ठाउँमा भएको हो । रामोन म्यागासेसे पाउनु अघिसम्म महावीर पुनलाई राष्ट्रले चिनेको थिएन, किनभने थोरै बोल्ने धेरै कर्म गरी देखाउने अन्तरमुखी स्वभावका पुनले केवल कर्ममा विश्वास गर्थे ।

हल्ला र प्रचारबाजी रुचाउँदैनथे । हुन न यस संसारमा महान लक्ष्य लिई अगाडि बढ्ने कर्मयोगीहरुलाई न त नामको मोहले ग्रसित बनाउन सक्छ न त कुनै पनि बहानाहरुले रोक्न सक्छ । न त परिस्थितिहरुसँग सम्झौता गरेर अल्मलिन्छन्, न त समस्याहरुसँग हार मान्छन्, न त गालीमा हिस्स परेर निराश हुन्छन्, न त तालीमा मख्ख भएर मात्तिन्छन् । वास्तवमा यी सबै कुराहरुले महान व्यक्तिहरुलाई रत्तिभर असर गर्दैन ।

यस्तै अनौठो गुण र स्वभावका भएका महावीर पुनले अर्को महत्वपूर्ण अन्तर्राष्ट्रिय अवार्ड जितेका छन् । इन्टरनेट सोसाइटीले वि.सं. २०७१ सालमा ‘जोनाथन बी पोष्टल अवार्ड’ प्रदान गरेको हो । नेपाल वायरलेस नेटवर्क परियोजना स्थापना गरी ग्रामीण बस्तीलाई इन्टरनेटसँग जोड्न महत्वपूर्ण भूमिका खेलेको भन्दै इन्टरनेट सोसाइटीले हालै टोरोन्टोमा सम्पन्न इन्टरनेट इन्जिनीयरिङ्ग टास्कफोर्सको ९०औं सम्मेलनमा पुनलाई २० हजार अमेरिकी डलर र अवार्ड प्रदान गरिएको थियो ।
यसरी कर्मयोगी बनी निरन्तर रुपमा परिवर्तनको रेखामा दौडिरहेका पुनले कक्षा १ देखि ७ सम्म आफ्नो गाउँकै विद्यालयमा अध्ययन गरी कक्षा ८ को पढाई मल्लाजको विद्यालयबाट गर्नुभएको थियो ।

त्यसपछि छोरालाई पढाउने उद्देश्यले उनका बुबा, आमा म्याग्दीको राम्चे गा.वि.स.को नाङ्गीबाट बसाई सरी चितवन पुगे र चितवनको विद्यालयबाटै एसएलसी उत्तीर्ण गरेका महावीर पुनले अमृत साइन्स क्याम्पस लैनचौर काठमाडौंबाट आइएस्सी उत्तीर्ण भएका थिए । यसको लगत्तै आफ्नो उच्च शिक्षाको अध्ययनलाई बीचैमा रोकी शिक्षण पेशामा संलग्न हुनुभएका महावीर पुनले चितवनका विभिन्न विद्यालयमा १२ वर्षसम्म सक्षम अध्यापन गरेका थिए । यसपछि आफ्नो पढ्ने धोको पुरा भएको थिएन ।

?????????????????????????????????????????????????????????

उनी यस्तै अवसरको खोजीमा थिए । त्यस्तैमा सन् १९८९ तिर उहाँले छात्रवृत्तिमा अमेरिका गएर पढ्ने अवसर पाएका थिए । संयुक्त अधिराज्य अमेरिकाको प्भबचलभथ स्थित नेब्रास्का विश्वविद्यालय ल्भदचबकपब ग्लष्खभचकष्तथ बाट द्यबअजभयिच ःबकतभच म्भनचभभ सम्मको अध्ययन सकेर पुनः नेपाल फर्के । आफ्नो जन्मभूमि नाङ्गी र त्यहाँको जीवनलाई सरलीकरण र परिवर्तन गराउने महान उद्देश्य बोकेर गाउँमा पुग्दा त्यहाँका गाउँबासीहरु विद्यालय निर्माणमा कम्मर कसेर लागिपरेका थिए । सोही विद्यालय निर्माण कार्यमा महावीर पुन सामेल भई सम्पन्न गरेका थिए ।

त्यसपश्चात् उहाँ अमेरिका बसेर आएका हुनाले अमेरिकामा उहाँका केही राम्रा साथीहरु पनि थिए । नेपालमा कम्प्युटरका माध्यमबाट इमेल गर्ने प्रचलनको शुरुवात भए पछि उहाँका ती साथीहरुले पठाएको इमेल हेर्न महिनाको एकपल्ट पोखरासम्म पुग्नु पर्दथ्यो । यो बाध्यताले उहाँ हैरान हुनुभएको थियो । पोखरामा दुई चार दिन बसेर साथीहरुसँग इमेलमार्फत् कुराकानी गरेपछि पुनः नाङ्गी फर्कन्थे । अब नाङ्गीबाटै यी इन्टरनेटको सुविधाको उपयोग कसरी गर्न सकिन्छ भन्ने विषयतिर गहिरो चिन्तन गर्न थाले ।

उहाँले आफ्नो इमेल सम्पर्कको माध्यमबाट सन् १९९७ मा अष्टे«लियाबाट पहिलो पटक चारवटा कम्प्युटर सहयोगको रुपमा प्राप्त गरे । त्यसलाई महावीर पुनले नाङ्गी स्थित हिमाञ्चल माध्यमिक विद्यालयमा राखी नजिकको खोलाबाट उत्पादित जलविद्युतबाट जेनेरेटर चलाएर त्यहाँका विद्यार्थीहरुलाई कम्प्युटरको शिक्षा दिन थाले । गाउँलेहरु कहिलेकाहीं कम्प्युटर हेर्न आउने गर्थे । तर टेलिफोनको लाइन नभएकोले इन्टरनेट जोड्ने काम सम्भव भएको थिएन । यो समस्या बिबिसीलाई लेखिपठाए र समाधानका लागि विचार मागे र उहाँको यो समस्यालाई बिबिसीले सन् २००१ मा प्रसारण गरिदियो ।

बिबिसीबाट त्यो समाचार र समस्या थाहा पाएपछि युरोप अमेरिकाका स्वयंसेवकहरुले एकवर्षभित्रै नाङ्गी र राम्चेलाई वायरलेस जोड्न टिभी डिस एन्टेना उपलब्ध गराइदिए । सन् २००३ मा त नाङ्गी गाउँ अनलाइनका माध्यमबाट विश्वसँग जोडिएको थियो । उहाँले आफ्नो वायरलेस सञ्जाललाई पहिले १२ गाउँमा बिस्तार गरे र विभिन्न विद्यालय र सञ्चार केन्द्रलाई गरी ९० वटा कम्प्युटर उपलब्ध गराइदिएका थिए । यसरी वायरलेस जोड्ने काम सन् २००१ बाट २००२ सम्ममा नाङ्गी र राम्चे गाउँमा भएको थियो भने अहिले १५ जिल्लाको १७५ वटा गाउँहरुलाई इन्टरनेट नेटवर्कमा जोडेका छन् ।

अहिले हिमाञ्चल उच्च मा.वि. नाङ्गी र नेपाल कनेक्सन ठमेल काठमाडौं मार्फत् नेपाल वायरलेस नेटवर्किङ्ग प्रोजेक्ट सञ्चालन गरी नेपालका ग्रामीण भेगलाई विश्व सञ्जालमा जोड्ने क्रममा हुनुहुन्छ र हालसालै धौलागिरि हिमशृङ्खला र ढोरपाटन सिकार आरक्ष सहितको राष्ट्रिय निकुञ्ज बनाउन पहल शुरु भएको छ । म्यागासेसे पुरस्कार बिजेता महावीर पुनले एक वर्ष अघि त्यस सम्बन्धी प्रारम्भिक योजना बनाएका थिए । धौलागिरि हिमालका नाममा राष्ट्रिय निकुञ्ज र नयाँ पदयात्रा बनाउन सके वर्षेनी करोडौं राजश्व उठाउन सकिने योजनामा उल्लेख छ ।

उक्त योजनालाई महावीर पुनले मुख्य तीन दलका शीर्ष नेता, राष्ट्रपति र पर्यटन बोर्डमा प्रस्ताव राखेका छन् र पर्यटन बोर्डमा यस प्रस्ताव बारे छलफल अगाडि बढेकाले सरकारी दृष्टिमा पर्न सक्ने महावीर पुनको विश्वास छ ।
यसै गरी म्याग्दी, बागलुङ्ग, रुकुम र डोल्पाको क्षेत्र समेटेर निकुञ्ज बनाउन सकिने योजना बनाउनुभएकबो पुनले अमेरिकी अन्तरिक्ष संस्था ‘नासा’ बाट नक्सा मागेर भुगोल, हिउँको मात्र र पदमार्गका सम्भावना खोजी गर्दै हुनुहुन्छ । अब म्याग्दी जिल्लालाई पनि छिट्टै वाइफाई फ्रि बनाउने तरखरमा लाग्नुभएको छ ।

मलाई यतिखेर एरिका जोङको उक्ति याद आएको छ– “प्रतिभा सबैसित हुन्छ तर त्यो प्रतिभाले डो¥याएर लैजाने डरलाग्दा ठाउँहरुमा सँगै जाने साहस विरलै मानिसमा हुन्छ ।” महावीर पुन बिरलै मान्छेमध्येका एक साहसी व्यक्तित्व हुन् । जसले सरकारको सहयोग विना विदेशी मित्रहरुको सहयोगको बलमा मेडिकल ड्रोन आविष्कार गरी म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका–८, राम्चेबाट पहिलो सफल परीक्षण गरिसक्नुभएको छ ।

अब विश्वले नेपालको हिरा भनी चिनेको महावीर पुनलाई यो देशले पत्थर सम्झेर बेवास्ता गरेको छ । यदि यो सरकार देश र जनताको कल्याणको धरातलमा हुन्थ्यो भने सायद पुनको विवेक र प्रतिभालाई देशमा सदुपयोग गरी उन्नतिशील बनाउने चिन्तनमा लाग्ने थियो । यदि राज्यले यस्तो किसिमको प्रतिभालाई प्रोत्साहन गर्न जानेको हुन्थ्यो भने महावीर पुनले आजसम्म जति गरिदिएका छन्, सायद यो भन्दा कैयौं गुणा बढी गरिदिन सक्थे । जे भए पनि भ्रष्ट एवम् धूर्तहरुले आशा निभाएको देशमा आशाको तारा बनेर महावीर पुन उदाउनु भएको छ । निश्चय नै यी तारा नेपाल भूमिमा सदा चम्किरहनेछन् ।

Leave a Reply