२५ मेगावाट क्षमताको दरबाङ–म्याग्दीखोला जलविद्युत आयोजनालाई प्रवासी म्याग्देलीले जिल्लाकै गौरबको योजना भएकाले लगानीको प्रतिबद्धता जनाएका छन् । पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा निर्माणधिन अवस्थामा रहेको आयोजनाका बारेमा जानकारी सहित लगानी जुटाउन यूरोपको भ्रमणमा रहेका अध्यक्ष विनोद कुँवर, प्रवन्ध निर्देशक हर्कमान मगर, सञ्चालक ज्ञानेन्द्र थापालाई समयमै सम्पन्न हुने अवस्था देखिएकाले आयोजनाका लगानीको वातावरण बनाउने बताएका थिए ।

यूरोपको भ्रमणको क्रममा यूकेमा आयोजित कार्यक्रममा मोना आइसीका संस्थापक अध्यक्ष प्रकाश पुन, निर्वतनमान अध्यक्ष योगेन क्षेत्री, मोना यूकेका अध्यक्ष दल जुग्जाली लगाएतको उपस्थितिमा आयोजित कार्यक्रममा म्याग्दीको जलमा प्रवासीको लगानी आवश्यकता रहेको बताएका थिए ।

त्यस्तै मंगलबार बेल्जियममा भएको लगानी तथा आयोजनाका बारेमा छलफल कार्यक्रममा एनआरएनए यूरोप संयोजक शिव बरुवाल, एनआरएनए बेल्जियमका अध्यक्ष लोकप्रसाद दाहाल, मोना बेल्जियमका अध्यक्ष योगेन्द्र विक, पूर्व अध्यक्ष धनश्याम शाही लगाएको उपस्थितीमा कार्यक्रम गरिएको थियो । जलविद्युतमा गरिएको लगानीले ब्यक्तिगत तथा राष्ट्रलाई फाईदा हुने भएकाले पनि लगानी सहित जिल्लाको आर्थिक तथा सामाजिक विकासमा सक्रिय हुने बेल्जियमबासी म्याग्देलीले प्रतिबद्धता जनाएका थिए ।

‘सबैले लगानीको प्रतिबद्धता जनाउनुभएको छ,‘यूरोपसँगै केही देशमा पुगेर लगानीको अनुरोध गर्नेछौ’ अध्यक्ष कुँवरले भने । उनले लगानीको समस्या नभएको बताउँदै म्याग्दीबासीलाई प्राथमिकता दिएको बताए । उनले जापान, कोरिया, कतार सहित केही देशमा पुगेर लगानीको अनुरोध गर्ने बताए । कुल ३५ करोड लगानी जुटाउने बताए ।

धौलागिरी कालिका हाइ्रड्रो लिमिटेडले कुल ५ अर्व १४ करोड लागतमा दरबाङ–म्याग्दीखोला जलविद्युत आयोजना निर्माण गर्न लागेको हो । जलविद्युत आयोजनामा संस्थागत पुंजीको ३० प्रतिशत सर्वसाधारणलाई शेयर जारी गरिनेछ । आयोजनाको हाल पहुँचमार्गको विस्तार सहित आयोजनास्थलमा काम भइरहेको छ ।

आयोजनामा सानिमा बैंकको नेतृत्वमा प्रभु बैंक, कुमारी बैंक, सेन्चुरी बैंक, मुक्तिनाथ विकास बैंक र महालक्ष्मी विकास बैंकले ३ अर्व ५० करोड ऋण लगानी गर्ने एकबर्ष अगाडी नै सम्झौता भइसकेको छ । पानीको वहाब ३१.४ घनमिटर प्रतिसेकेण्ड रहेको आयोजनाको ग्रेस हेड १०४ मिटर हुने छ । रन अफ द रिभर शैलीको आयोजना दरबाङ देखि दुई किलोमिटर माथी म्याग्दी खोलामा बाँध बाधेर ५ किलोमिटर टनेलमा २ सय मिटरको पेनस्टक पाईपबाट मालिका र मंगला गाउँपालिकाको सिमानमा अवस्थित बलौटेमा रहने पावर हाउसमा झारी विद्युत उत्पादन गरिने छ ।

विद्युत खरिद सम्झौता (पिपिए) मा प्राधिकरणले प्रर्वधकसंग बर्षातको ८ महिना प्रति युनिट ४ रुपैयाँ ८० पैसा र सुख्खायामको ४ महिना प्रति युनिट ८ रुपैयाँ ४० पैसा रहने उल्लेख गरिएको छ ।आयोजनाबाट उत्पादित विद्युत १४ किलोमिटर लामो १ सय ३२ के.भि ट्रान्समिटर लाईन हुँदै डाँडाखेत सवस्टेसन मार्फत राष्ट्रिय प्रशारण लाईनमा जोडिने छ । योजना आगामी २०७९ सालसम्म निर्माण सम्पन्न गरिने छ ।

Leave a Reply