म्याग्दीको रघुगंगा गाउँपालिका १ बेगखोलामा मलद्धार नभएको बच्चाको उपचारमा आर्थिक सहयोगको याचना गरिएको छ। १ बर्षिय इभान गर्बुजाको उपचारमा आर्थिक समस्या भएपछि परिवारले सहयोगको याचना गरेका छन् । बि.श २०७५ साउन ९ गते जन्मिएका बालकको काठमाण्डौस्थती कान्ति बाल अस्पतालमा दुईपटक जटिल शल्यक्रियाआर्थिक अभावले रोकिएको बालकका बुबा डम्बरबहादुरले बताए ।

‘उपचारमा लाग्ने पैसा छैन्,‘सानोसानो सहयोग जुटाएर भएपनि छोरालाई बचाउन चाहन्छु’ उनले बेनीअनलाइनलाई भने । एकबर्षसम्म उपचारमा खर्च भएपनि अप्रेसन र नियमित औषधीका लागी आवश्यक पर्ने आर्थिक अभाव भएकाले सहयोग गर्न वडा अध्यक्ष बिलबहादुर फगामीले अनुरोध गरेका छन् । आर्थिक अवस्था कमजोर भएकाले उपचारमा समस्या देखिएकाले बेगखोलबाट विदेशमा रहेकालाई समेत अनुरोध गरिएको छ।

दिसा गर्ने ठाउँनै नभए पछि लगत्तै धेरै अस्पतालमा चेकजाँच गरिएको थियो । बच्चाले खाएको दुधले पेट फुल्दै गएकोले तत्कालै शल्यक्रिया नभए बच्चाको ज्यानसमेत जोखिममा हुने संभावना देखे पछि चिकित्सकले ज्यान जोगाउन पेट चिरेर ठूलो आन्द्रा काटेर दिसा गर्नका लागि बैकल्पिक ब्यवस्था मिलाएका छन् ।

Leave a Reply