म्याग्दीको मंगला गाउँपालिकाको बरंजाको न्युखोलाबाट धापुङ्ख जाने पुल नहुँदा काठ तेर्साएर यात्रा गर्न बाध्य छन् । वडा नं. ४ मा पर्ने न्यूखोलाबाट आवतजावत गर्ने स्थानीयलाई बर्खाको समयमा खोलाको सतह ह्वात्तै बढेपछि काठेपुलको रुपमा प्रयोग गर्ने गरेको बरंजा स्वास्थ्य चौकीका अहेव बबरजंग पालले बेनीअनलाइनलाई बताए । ‘पुलको आवश्यकता छ,‘बर्खाको समयमा आवतजावतमा समस्या हुन्छ’ उनले भने ।

उनका अनुसार बालबालिका र बृद्धबृद्धालाई खोला तर्न समस्या भएपछि काठबाटै जोखिम मोलेर वारपार गर्नुपर्ने भएकाले सामान्य स्टिलको पुल भएपनि सहज हुने बताए । धापुङ्खबाट कक्षा ६ देखि १२ सम्म बरंजाको महेन्द्ररत्न माविमा आउने विद्यार्थीलाई समस्या भएको स्थानीय चन्द्रा थापाले बताईन् ।

उनले असारदेखि कात्तिक महिनासम्म पुलबाटै आवतजावत गर्नुपर्ने अवस्था भएको बताईन्। ‘पुल नहुदाँ कुनैपनि बेला घटना घट्न सक्छ,‘बर्खाको समयमा धेरै सास्ती हुने भएकाले अभिभभावकले पुल वारपार गर्ने गरेका छन्’ उनले भनिन् । यता गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले समस्याका बारेमा विगतमा जानकारी नभएको बताउँदै जनताको समस्यालाई तत्काल समाधान गर्ने बताए ।

‘आवश्यक पूर्वाधारका लागि सधै तयार छौ,‘जनतालाई सास्ती हुने क्षेत्रलाई नै प्राथमिकता दिएर बजेट विनियोजन गरिएको छ’ रोकाले भने । उनले बरंजा सहित गाउँपालिका भित्रका सबै वडाका आवश्यक झोलुङ्खे पुलको तथ्याङ्खक संकलन भइरहेको बताए । उनले समस्याका बारेमा जानकारी गराउन समेत अनुरोध गरे । पुलका बारेमा वडाका जनप्रतिनिधिलाई समेत थप बुझ्ने बताए ।

Leave a Reply