एक्कासी म्याग्दी खोलाको बाहब बढेपछि तत्कालै प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारलाई फोन आयो । दाउरासँगै उर्लिएर म्याग्दी खोला बग्न थालेको खवरलाई प्रजिअ अधिकारीले प्रहरी नायव उपरिक्षक महेन्द्रप्रसाद मरासिनीमार्फत प्रहरी यूनिटलाई जानकारी गराए ।

धवलागिरी आसपासका क्षेत्रबाट आएको सूचनालाई आधार बनाएर मिनेटमै पश्चिम क्षेत्रको तटिय क्षेत्रमा सर्तकता अपनाउन सुचना जारी गरियो। धवलागिरी गाउँपालिकाको मुदी आसपासका क्षेत्रमा पहिरो गएपछि खोला थुनिएको खवरसँगै दरबाङ लगाएत नदी आसपासका क्षेत्रमा उच्च सर्तकता अपनाउन सहज भएको थियो । ‘हामीले सूचनालाई पुष्टी गर्नेतर्फ लागेनौ,‘तत्कालै प्रहरीमार्फत सूचना प्रवाह भयो’ प्रजिअ अधिकारीले बेनीअनलाइनलाई भने ।

उनले सूचना उपलब्ध गराउने सामाजिक क्षेत्रमै सक्रिय भएकाले पनि तत्कालै पुर्ब सुचनाका प्रणालीलाई प्रयोग गरेको बताए। मुदी हुदै दरबाङसम्म उर्लिएर आएपछि मंगला गाउँपालिका, बेनी नगरपालिकामा पर्ने तटिय क्षेत्रमा काम गरिरहेका र बसोबास गर्नेहरुलाई सुरक्षित ठाउँमा जान अनुरोध गरिएको थियो । ‘तटिय क्षेत्रमा सूचना नपुगको भए मानवीय क्षतीको सम्भावना थियो,‘विपद्बाट सुरक्षित हुन प्रभावकारी सूचना नै पहिलो आधार हो’ प्रनाउ मरासिनीले भने । उनले प्रहरीको टोलीसँगै जनप्रतिनिधिले समेत सामाजिक सञ्जाल र आफ्नो सक्रियता देखाएको बताए ।

अविरल बर्षासँगै खोला थुनिदाँ सतह ह्वात्तै बढेपछिको अवस्थामा आप्तकालिन सुरक्षालाई ध्यान दिनुपर्ने उनको भनाई छ । म्याग्दीसँगै प्रहरीले छिमेकी बागलुड, पर्वत तथा कालिगण्डकी बग्ने सबै जिल्लामा सूचना गरेको थियो । खोला थुनिएको खवरपछि पश्चिम म्याग्दीमा नदी आसपासमा काम गरिरहेका सर्वसाधारण सुरक्षिततर्फ लागेका थिए खोला करिव दुईघण्टा रोकिएको अनुमान गरिएको छ ।

यसैबीच शुक्रबारसम्म बर्षा हुने अनुमान गरिएकाले सर्तकता अपनाउन समेत प्रहरीले अनुरोध गरेको छ । बर्खायाममा म्याग्दी, कालीगण्डकी र सहायक नदी मानिने गूर्जा, रघुगंगा खोलाको बाहवमा उतारचढाव देखिने भएकाले पनि दाउरा र माछा खोज्न जानेलाई रोक्न प्रहरीले स्थानीय तह तथा अन्य सरोकारवाला निकायलाई समेत सहयोगको अनुरोध गरेको छ ।

Leave a Reply