मोना जापानका अध्यक्ष दिपक कार्कीले एनआरएनए जापानको २०१९ – २०२१ को लागि उपाध्यक्ष पदमा उमेद्वारी घोषणा गरेका छन्। नागोया क्षेत्रको क्षेत्रिय समिति सदस्यबाट एनआरएनए अभियानमा संग्लग्न कार्की हाल क्षेत्रिय समिति नागोयाको संयोजक समेत हुन् । हालै नागोयामा सफलता पूर्वक सम्पन्न नेपाल फेष्टिवलका कारण जापानमा चर्चामा रहेका बेनी नगरपालिका वडा नं ९ गलेश्वरका कार्कीलाई जापानमा सामाजिक कार्यमा संलग्न हुने गरकाले पनि धेरै नेपालीहरुले चिन्ने गर्छन् ।

जापानका साथै म्याग्दीमा समेत आर्थिक अवस्था कमजोर भएकाको उपचार तथा धार्मिक र प्राकृतिक विपत्तीमा समेत सहयोग गदैं आइरहेका कार्कीले आफ्नो उम्मेदवारी एनआरएनमार्फत जापानमा रहेका नेपालीको हकहितमा काम गर्ने निरन्तरता भएको बताए । ‘एनआरएनएबाट ब्यक्तिगत सपना देखेको छैन्, समुहमै काम गरेर नेपालीको मन जित्छु’ कार्कीले बेनीअनलाइनलाई भने । तोयोकावा नेपाली कम्यूनिटीको अध्यक्ष समेत रहेका कार्कीलाई तायोकावा र नागोयामा बसोबास गर्ने म्याग्देलीको अभिभावक जस्तै हुन् ।

उनले विरामी तथा समस्यामा परेका म्याग्देलीलाई सहयोग गर्ने तथा साथ दिने गरेकाले पनि सहज भएको मोना जापान नागोयाका निर्वतमान अध्यक्ष गणेशबहादुर कार्कीले बताए।१३ वर्ष अघि जापान आउनु भएका कार्की जापानमा सप्लायर कम्पनी रेष्टुरेन्ट व्यवशायमा पनि संलग्न छन् ।

यसैबीच मोना जापानका बरिष्ठ उपाध्यक्ष सचिन श्रेष्ठ एनआरएनएको सहकोषाध्यक्षमा उम्मेदवारी दिने भएका छन् । बेनपा ८ बेनीका श्रेष्ठ खेलकुद तथा सामाजिक कार्यमा सक्रिय छन् । उनले मोनामार्फत गरेका गतिविधिलाई एनआरएनएमा प्रयोग गर्ने बताए । साथै खेलकुद क्षेत्रमा समेत सक्रिय रहेकाले पनि श्रेष्ठ यूवापुस्तामा लोकप्रिय छन् ।

Leave a Reply