म्याग्दी खोलामा एक्कासी बाढी आएपछि जोखिम मोलेर माछा टिप्नेको भीड लागेको छ । अविरल बर्षासँगै करिव दुईघण्टा आंशिक थुनिएपछि उर्लिएर आएपछि जोखिम मोलेर माछा टिप्न जानेको भीड लागेको थियो । दरबाङ, बावियाचौर, तातोपानी, बेनीका साथै छिमेकी बागलुङ र पर्वत क्षेत्रमा बुधबार साँझसम्म माछा मार्नेको भीड थियो । खोला हेर्न गएका माछा खोज्न थालेपछि बेनी तथा आसपासमा माछा खोज्नेको ताँती देखिन्थयो ।

एक किलोदेखि ३५ किलोसम्म माछा संकलन गरेका छन् । बाढी छेउमा फालिएको माछा संकलन सँगै खोलामै सस्तोमा विक्री समेत गरिएको थियो । विगतमा समेत म्याग्दी खोलामा बाढी आउँदा ठुलो मात्रामा माछा टिप्ने गरिन्थ्यो । यता बेनीकै मंगलाघाटमा माछा टिप्न जानेलाई सचेत गराइएको स्थानीय यूवा सुमन श्रेष्ठले बताए । उनका अनुसार पानीको बाहव नघट्दै खोालमा प्रवेश गर्न खोज्नेहरुलाई सतह घटेपछि जाने अनुरोध गरिएको थियो ।

स्कुले बालबालिका देखि बृद्धसम्म खोलामा माछा खोजिरहेको दृष्य हेर्न लायकको थियो । धवलागिरी गाउँपालिका–४ मुदीको खिवाङ आसपासमा करिव २ घण्टा थुनिँदा पानीको बहाव डर लाग्दो किसिमले बढेको केहीसमयमै छेउमा माछा देखिएका थिए । पश्चिम म्याग्दीमा खोलाबाटै माछा खोजेर बेच्ने गरिन्छ । विषेशगरी सिंगा तातोपानीमा खोलाको माछा विक्री गरेर राम्रो आम्दानी गर्ने गरेका थिए ।

समाजिक सञ्जाल माछामय
सामाजिक सञ्जालमा माछा टिप्नेदेखि पकाउँदै गरेका रोमाञ्चक लाग्दो तस्वीर देखिएका छन् । उर्लिएको म्याग्दी खोला हेर्न गएकाहरूले माछा लिएर फर्किएका थिए । ‘बिस किलो माछा संकलन गरियो,‘सबै साथीहरु मिलेर खादैंछौ’ किशोर केसीले भने ।

केसीजस्तै ब्यक्तिगत रुपमा संकलन गरेर र अन्य दिनको तुलनामा निकै सस्तोमा माछा लिएर घर फर्किनेहरुले खोलादेखि घरसम्मको तस्वीर सामाजिक सञ्जालमा राखेका छन् । सानादेखि दुईकेजीसम्मको माछा भेटिएको छ । बाढीपछि लामो समयसम्म खोलानदीमा कमै मात्रामा माछा भेटिन्छन् । बर्खायाममा म्याग्दी, कालीगण्डकी र सहायक नदी मानिने गूर्जा, रघुगंगा खोलाको बाढीसँगै माछा खोज्ने गरेका छन् ।

Leave a Reply