बागलुङको ढोरपाटनमा उत्तरगंगा नदी तर्ने क्रममा एक जनाको ज्यान गएको छ भने एक जना बेपत्ता भएका छन् ।जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बुधबार दिउँसो ढोरपाटन नगरपालिका–९ का नर बहादुर विक र सोही स्थानकै २२ वषीर्य सेते विक स्यालपाखेबाट नविगाउँ जान उत्तरगंगा नदी तर्ने क्रममा दुवै जनालाई बगाएको हो ।

बागलुङ जिल्लाको ढोरपाटन भएर बग्ने उत्तरगंगा नदी तर्ने क्रममा बर्षेनी यस्ता घटनाहरु घटिरहेका हुन्छन् । ढोरपाटन क्षेत्रमा पुलको अभाव हुँदा स्थानीयबासीहरु छिटो गन्तव्यमा पुग्नका लागि नदीको नै प्रयोग गर्दै आएका छन् ।नदी तरेर ५ मिनेटमा पुगिने ठाउँमा पुल नहुँदा घण्टौँ यात्रा गर्नुपर्ने बाध्यता छ । सम्बन्धित निकायको मौनताको कारण हरेक बर्षायामको समयमा उत्तरगंगा नदीले बगाउदा कयौँको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक झविन्द्र भट्टराईका अनुसार नदीले बगाएका मध्ये नर बहादुर बि।क।लाई मृत अवस्थामा फेला पारे पनि सेते विक हाल सम्म फेला परेका छैनन् ।घटनाको खबर लगत्तै प्रहरी चौकी ढोरपाटनको प्रहरी सहायक निरिक्षक शिवराज सुवेदीको संयोजनमा चार जनाको टोली, शत्रुमर्जन गुल्म ढोरपाटनका १५ जना सेनाको टोली र स्थानीयबासीले नदी वरपर खोजी कार्य गरेको प्रहरीले जनाएको छ ।

Leave a Reply