गण्डकी प्रदेश सरकारले सबै स्थानीय तहको उपप्रमुखका लागि  दिएको गाडी किन्ने सुविधालाई एम्बुलेन्स बनाउने घोषणा केहीघण्टामै म्याग्दीकी एक गाउँपालिकाकी उपाध्यक्षले गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने बताएकी छन् । स्थानीय तहका उपाध्यक्षलाई सेवासुविधाको नाममा सवारीसाधन खरिद गर्ने निर्णयको सांकेतिक विरोध गदैं मंगला गाउँपालिकाकी उपाध्यक्ष सिर्जना केसीले स्थानीय तहलाई एम्बुलेन्सको आवश्यकता रहेको बताउँदै गाडीको सुविधा नलिने बताएकी हुन् ।

‘हाम्रो गाउँपालिकामा एउटा गाडी छ, आवश्यकता परे त्यसमैलाई प्रयोग गछौ,‘जनप्रतिनिधिलाई सुविधा थुपारेर जनतालाई सास्ती दिन चाहन्न’ केसीले बेनीअनलाइनलाई भनिन् । उनले अध्यक्ष र उपाध्यक्ष गाडीको सुविधा लिदाँ गाउँपालिका भित्रका विकट बस्तीका जनतालाई एम्बुलेन्सको अभावले उपचारमा भइरहेको समस्यालााई समाधान गर्नुपर्ने बताईन् ।

‘हामीले पटकपटक एम्बुलेन्सको माग गरेका छौ,‘एउटा एम्बुलेन्स आवश्यक छ’ उनले भनिन् । गाउँपालिकाभित्रका ५ वटै वडाका बासिन्दालाई विरामी हुदाँ गाउँपालिकाकै एम्बुलेन्सले सेवा दिने योजना भइरहेको अवस्थामा उपाध्यक्षलाई पनि गाडी खरिद गर्ने सुविधा थपिएको सुनेर दुख लागेको बताए ।

‘सक्नुहुन्छ भने त्यही खर्चले एम्बुलेन्स दिनुहोस्,‘जनतालाई सुविधा दिन यो पदमा पुगेका छौ’ केसीले भनिन् । उनले गाउँपालिकाभित्रका जनतालाई गुणस्तरीय स्वास्थ्य सेवाका लागि अनुभवी चिकित्सक सहितको २५ सैयाको अस्पतालसँगै विरामीलाई २४ घण्टा सेवा दिने एम्बुलेन्सका लागि गण्डकी र संघीय सरकारलाई विभिन्न माध्यमबाट अनुरोध गरेको बताए । उनले गम्भीरतपूर्वक एक स्थानीय तह एक गाडी हैन एम्बुलेन्स किन्न निर्णय गर्न अनुरोध गरेपछि सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रियाको आइरो लागेको छ ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी, ‘म गम्भीरतापुर्बक अनुरोध गर्नचाहान्छु गण्डकी प्रदेश सरकार सङ्ग एक स्थानीय तह एक एम्बुलेन्स खरिद गर्ने निर्णय गर्नुस हामी जनप्रतिनिधि जनता लाई सहज हुदा मात्रै आनन्दित अनुभुती गर्न सक्छौ म फेरि यो घोषणा पनि सङ्गै गर्छु कि यदि यो निर्णय कार्यान्वयन भए म उपप्रमुख भएको मङगला गाउपालिका मा उक्त सवारी लाई गाउपालिका एम्बुलेन्स बनाउने घोषणा गर्दछु ।

Leave a Reply