हिन्दु नेपालीहरूको महान पर्व तीजको अवसरमा अष्टेलियामा रहेका म्याग्देलीले विषेश कार्यक्रमको आयोजना गरेका छन् । स्वदेशमै जस्तो तीज पर्वको झल्को दिलाउने गरी मोना अष्टेलिया र नेपमार्टको संयुक्त आयोजनामा रक्देल इन्द्रेणी पार्टी प्यालेसमा यही शनिबार लोकप्रिय गायिकाले धमाकेदार प्रस्तुती रहने मोना अष्टेलियाका अध्यक्ष मुक्ति रोकाले बताए । ‘कलाकारहरुको आगमन भइसकेको छ,‘सबै म्याग्देलीलाई उपस्थितीका लागि अनुरोध छ’ रोकाले भने । उनले जन्मभूमिमै तीज पर्वको झल्को दिलाउने गरी कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।

विषेश सांगितिक कार्यक्रममा लोकप्रिय लोक गायिका लाली बुढाथोकी, मिना गर्बुजा र दिपा गुरुङको मुख्य प्रस्तुती रहने छ भने अन्य कलाकारहरुले समेत प्रस्तुती दिनेछन् । तीनजना पछिल्लो समय लोकप्रिय गायिकाको रुपमा चिनिन्छन् ।
यूरोपदेखि विभिन्न देशमा पुगेर आफ्नो प्रस्तुती दिइसकेकी बुढाथोकी सहित तीनैजना कलाकार म्याग्दीबाट अष्टेलियामा पु¥याएर तीज कार्यक्रमलाई भब्य बनाउन प्रयास गरिएको आयोजकले जनाएको छ ।

एकैपटक मोना र नेपमार्टको सक्रियतामा तीनैजना म्याग्देली कलाकार पुगेको यो पहिलो कार्यक्रम भएको आयोजकले जनाएको छ । नेपाली मौलिक कलासंस्कृतिलाई जोगाउन र पर्वको महत्वका बारेमा विदेशीले समेत नजिकबाट नियाल्न सघाउने आयोजक नेपमार्टकी सञ्चालिका न्यान्सी पुनले बताईन् । नेपामार्टले विगतमा समेत भलिबल सहित विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।

Leave a Reply