एक शिक्षकले १४ वर्षीय छात्रालाई पोखरा लगेर बलात्कार गरेका छन्। परीक्षा पनि सहज हुने र पछि शैक्षिक भ्रमणमा पनि जानु नपर्ने लोभ देखाउँदै पोखरा लगेर उनले छात्रालाई बलात्कार गरेका हुन्।उदयपुरको म्यारिगोल्ड सेकेन्डरी बोर्डिङ स्कुलका शिक्षक राकेशकुमार कनौडियाले १४ वर्षीया छात्रालाई ८ दिनदेखि पोखराको द कन्ट्री यार्ड होटलमा बन्धक बनाएर बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक  राजकुमार केसीले जानकारी दिएका छन।

डिएसपी केसीका अनुसार मोरङ विराटनगर घर भएका कनौडियाले छात्राको मोबाइल खोसेको र परिवारसँग पनि सम्पर्क हुन नदिई बन्धक बनाएको पाइएको छ। बालिका हराएपछि परिवारले प्रहरीमा खबर गरेका थिए। खोजतलासका क्रममा कास्की प्रहरीले उनलाई पोखरामा फेला पारेको थियो । उदयपुर चौदण्डी नगरपालिका ७ बस्दै आएका २८ वर्षीय शिक्षकले पोखरा भ्रमण गरेपछि परीक्षामा पनि सहज हुने लोभ देखाएर पोखरा लगको प्रहरीले जनाएको छ। बालिकालाई बुधबार परिवारको जिम्मा लगाइएको र आरोपी शिक्षक पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ।

फाइल तस्वीर

Leave a Reply