ओखलढुंगा जिल्लाको सुनकोशी गाउपालिकाले यस बर्षबाट सुत्केरी स्याहार कार्यक्रम लागू गरेको छ । गाउँपालिका भित्रका सुत्केरी महिलाहरुले नियमित स्वास्थ्य जाँच गराई बर्थिङ सेन्टरमा शिशु जन्माए उनीहलाई प्रोत्साहान स्वरुप तीनहजार रुपैयाँ प्रदान गरिने गाउँपालिकाले जनाएको छ । सुत्केरी आमा तथा शिशु मृत्युदरलाई घटाउन गाउँपालिकाको यो अभियान महत्वपूर्ण रहेको स्थानीवासीले बताएका छन्

गाउँपालिकाभित्रका सुत्केरी महिलाहरुलाई नियमित गर्भ जाँच गराउन र अस्पतालमै सुत्केरी हुने प्रोत्साहान गर्ने उदेश्यले कार्यक्रम ल्याइएको गाउँपालिका प्रमुख रुद्रप्रसाद अधिकारीले बताए । अघिल्लो आर्थिक बर्षमा गाउँपालिकाले नवजात शिशुको जन्मपछि गरिने स्याहार सुसारका लागि एकहजार रुपैयाँ दिँदै आएको थियो ।

यसलाई परिमार्जन गरेर यस आर्थिक बर्षबाट सुत्केरी स्याहार कार्यक्रम लागू गरिएको गाउँपालिकाले जनाएको छ । त्यस्तै गाउँपालिकाले मृतकका परिवारलाई प्रतिपरिवार पाँच हजार रुपैयाँ उपलब्ध गराउने कार्यक्रमलाई यसबर्ष पनि निरन्तरता दिएको छ । मृत्युपछि गरिने संस्कार(किरिया) खर्च वापत गाउँपालिकाले प्रति मृतक परिवार पाँच हजार रुपैयाँ दिँदै आएको छ ।