नेपाल सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द नेतृत्वको नेकपा धौलागिरी ब्यूरोले म्याग्दीमा पक्राउ परेका दुई नेतालाई रिहा गर्न माग गरेको छ । धौलागिरी इन्चार्ज धुव्र घिमिरे ‘विप्लव’ले आफ्नो नेताकार्यकतालाई रिहा गर्न माग गरेका हुन् । व्युरो इन्चार्ज विप्लवले एक विज्ञप्ति निकाल्दै धौलागिरि व्युरो सदस्य तथा म्याग्दी जिल्ला इन्चार्ज विकिरण क्षत्री र जिल्ला सेक्रेटरी बाबुलाल शाक्यलाई राजनीतिक गतिविधिमा संलग्न भएकै कारण पक्राउ गरिएकाले सम्मानजनक रिहाईको माग गरेका छन् ।

‘एकोहोरो फाइरिङ गरी गिरफ्तार गरिएको छ,‘उक्त कदमले नेपालीहरुको बोल्न पाउने मौलिक अधिकारमासमेत धज्जी उडाएको छ’ विज्ञप्तीमा भनिएको छसत्ताको चरम दुरुपयोग गर्दै सर्वसाधारण जनतामाथि व्यापक दमन धरपकड र निशस्त्र व्यक्तिमाथि गोली चलाई नक्कली दोहोरो भिडन्तको नाममा देशका विभिन्न जिल्लामा नेकपाका नेताकार्यकर्ताको हत्या भइरहेको सर्व्विदितै छ ।  गत साउन ६ गते साँझ ५ बजेको समयमा म्याग्दीको बेनी नगरपालिका ३ नयाँ पुलबाट पक्राउ परेपछि नेकपाको गतिविधिमा धक्का लागेको छ । जिल्लाका इन्र्चाज र सेक्रेटरी नै पक्राउ परेसँगै नेकपाको म्याग्दीको गतिविधिमा धक्का लागेको अनुमान गरिएको छ ।