यूवा ब्यवसायी भरत रकालको अध्यक्षतामा नेपाल चेम्वर अफ कमर्स गठन भएको छ । शाहीको अध्यक्षतामा तदर्थ समितिको रुपम गठन भएको म्याग्दी चेम्वर अफ कमर्सलाई शुक्रबार नेपाल चेम्वर अफ कमर्सले आधिकारीक रुपमा मान्यता दिएको छ । रकाल इन्टरप्राजेस प्रालिका संचालक समेत रहेका रकालले म्याग्दीमा उद्योग,ब्यापारीको हकहितका सहित सम्रग सामाजिक गतिविधिमा सक्रियता देखाउने बताए ।

उनले सदरमुकाम बेनीदेखि जिल्लाको ग्रामिण क्षेत्रसम्म रहेका उद्योग ब्यापारी र ब्यवसायीक कारोबार गर्ने संघसंस्थासँग सहकार्य गर्ने बताए ।विक्रम संवत २००७ सालमा स्थापना भएको चेम्वर अफ कमर्सले नेपालमा संचालित उद्योग तथा व्यवसायीहरुको हकहित तथा अन्तर्रा्ष्ट्रिय व्यापारमा सहजीकरण गर्दै आएको छ । शाहीले नेपाल चेम्वर अफ कमर्सको निति तथा कार्यक्रम अनुसार उद्योगी व्यवसायीहरुको हक हितमा काम गर्ने बताए । उनले यूवाहरुलाई प्रोत्साहन सहित अन्तराष्ट्रियस्तरका तालिम, गोष्ठी सहित गतिविधिमा समेत प्रोत्साहन गर्ने गरी केन्द्रित कार्यक्रमलाई समेत नियमित सञ्चालन गर्ने बताए ।

विज्ञापन