जिल्ला प्रहरी कार्यालय पर्वतले लागु औषध सहित एक जनालाई पक्राउ गरेको छ । पर्वत प्रहरीले जलजला गाउँपालिका वडा न ९ बनौ घर भएका २४ बर्षिया विश्व गर्वुजा मगरलाई पक्राउ गरेको हो । प्रहरी निरिक्षक राजन रायमाझीका अनुसार कुश्मा नगरपालिका वडा न ६ को एक होटलमा वस्दै आएका उनलाई विशेष सुराकीका आधारमा नियन्त्रणमा लिइएको हो।

मगरको साथबाट लागु औषधजन्य पदार्थ समेत बरामद गरिएको प्रहरीले जनाएको छ । मगर बसीरहेको कोठा खानतलासी गर्दा निपोन २६ एम्पुल, डाइजिपाम २६ एम्पुल, फिनिरगान २६ उम्पुल गरी ७८ एम्पुल प्रहरीले बराबद गरेको छ । पक्राउ परेका मगरलाई जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान भईरहेको पर्वत प्रहरीले जनाएको छ ।

विज्ञापन