बेनी नगरपालिका–३ भकिम्लीकी ८० बर्षिया बसन्ती थापामगरले गाउँमै सामाजिक सुरक्षा भत्ता पाईन् । थापाजस्तै ८४ बर्षिय बालकृष्ण राना, मनबहादुर पुन, बलबहादुर पुन, खड्कबहादुर सार्की ले यातायातको साधानमा परिवारको सदस्यसँगै सदरमुकाम बेनीमा पुगेर लिनुपर्ने भत्ता गाउँमै पाएपछि उत्साहित भए ।

सेवाग्राहीलाई गाउँमै पुगेर भत्ता वितरण गर्ने प्रतिबद्धता जनाएपनि वित्तिय संस्थामा आउनुपर्ने बाध्यताले बृद्धबृद्धालाई सास्ती भइरहेको चौतर्फी आलोचना भइरहेको अवस्थामा बेनीमा शाखा कार्यालय रहेको कैलाश बिकास बैंक बेनी शाखाले शुक्रबार बेनीसम्म आएर भत्ता लिन नसक्ने अशक्तलाई वितरण गाउँमै पुगेर भत्ता वितरण गरेको प्रबन्धक मुरारी रिजालले बताए ।

‘बृद्धबृद्धालाई गाउँमै पुगेर सेवा दिन पाउँदा उत्साहित छौ,‘उहाँहरुले आगनमै सेवा पाएपछि उत्साहित हुनुहुन्छ’ रिजालले भने । उनले भविस्यमा पनि बैंकले सामाजिक उत्तरदाहित्व अन्तरगत गाउँमै पुगेर सेवा दिने बताए । ग्राहकको सन्तुष्टिलाई आधार बनाएर सेवा प्रवाह गर्ने प्रबन्धक रिजालले बताए ।

वडा अध्यक्ष पदम पुन सहित वडा सदस्यहरुकोउपस्थितीमा वितरण गरिएको थियो ।शुक्रबार १ सय ४५ बृद्धबृद्धालाई भत्ता वितरण गरिएको बैकका शिवप्रसाद सुबेदीले बताए । वडा अध्यक्ष पुनले भविस्यमा पनि भत्ता वितरणलाई निरन्तरता दिने बताए । उनले भत्ता वितरणकै क्रममा बृद्धबृद्धाको समस्याका बारेमा समेत पहिचान भएको बताए ।

सामाजिक स’रक्षा भत्ता बैंकमार्फत वितरण गर्ने झन्झटिलो प्रक्रियाका कारण जेष्ठ नागरिक र असक्तहरुले बैंकसम्म पुगेर भत्ता बुझेको पैसा यातायात लगाएत बाटोमै खर्च हुने भएकाले सरकारले सुविधाको नाममा सास्ती दिएको बताउने गरेकाले बेनी नगरपालिका सहित गाउँपालिकामा भत्ता वितरणको जिम्मा पाएका नीजि वित्तिय संस्थाले गाउँमै पुगेर सेवा दिने गरेपनि कृषि विकास बैंकले भने भत्ता वितरणमा बृद्धबृद्धालाई सास्ती दिने गरेको छ । सरकारले चौमासिकमा जेष्ठ नागरिक,एकल महिला र दलित जेष्ठ नागरिकलाई भत्ता वितरण गर्ने गरेको छ ।