नारीहरूको प्रमुख पर्व हरितालिका तिज माइतीमा जाने, राम्रो लगाउने, मीठो मसिनो खाने र गीतसंगीतमा रमेर दुःख बिर्सने तीजको मौलिक परम्परा हो । माइती गएका चेलीबेटीले तीजकै अवसरमा खेतबारीमा गोलकाक्री टिप्ने गर्दछन् ।

जंगली काक्रोको नाम दिइएको गोलकाक्रीको फल टिप्दै बर्षभरीको दुखलाई साटासाट गर्ने पुरानौ दैनिकी हराउँदै जान थालेपछि लोकप्रिय गायिका लाली बुढाथोकीले गुल्मी जिल्लाकी सञ्जु थापा मगरले संयुक्त गीत गोलकाक्री गल्केको तीज गित बजारमा ल्याएका छन् । आधुनिकतावादले तीज पर्व निकै भड्किलो बन्दै गएको अवस्थामा मौलिकतालाई संरक्षण गर्न गीत बजारमा ल्याएको गायिका बुढाथोकीले बताईन् ।

‘यहीबेलामा फल्ने फलमार्फत हामीले तीज गीत जोडेका छौ,‘तीजको मौलिकालाई लुट्न दिनुहुदैन्,‘तिज गीतलाई रत्यौली गीतको रुपमा बजारमा आउनु गलत हो’ बुढाथोकीले भनिन् । उनले लोकसंस्कार र साँस्कृतिक पद्दतिलाई परिवर्तन गरिनुपर्ने सन्देश बोकेर विगतमा पनि पाँचवटा तीज गीत बजारमा ल्याएकी छन् । प्रसाद खप्तडी मगरको रहेको छ । अभिनयमा रिना थापामगर, आरुणी मगर, निर आले मगर, छांयाङ्क मधुर बस्नेत, सम्पादन सुजन शाही, निर्देशन उमेश गुरुङ रहेका छन् । गितलाई बिहानी डिजिटल प्रालिको दृष्य निमार्ण गरेको थियो।

Leave a Reply