प्रदिप सुबेदी÷युएई
म्याग्दी जिल्लादेखी बैदेशिक रोजगारिको शिलसिलामा युएई पुगेका म्याग्देलीहरुको सामाजिक संस्था मोना युएईले आयोजना गर्न लागेको ‘म्याग्देली सांस्कृतिक धमाका’ २०१९ को सम्पूर्ण तयारी पुरा भएको छ । शुक्रबारको दिन दुबइको बरदुबई मा बसेको कार्यक्रम तदर्थ समितिको बैठक ले सम्पूर्ण तयारी पुरा गरेको जानकारी कार्यक्रम संयोजक बिक्रम अधिकारीले बेनीअनलाइनलाई दिनुभएको छ ।

मोना युएईले आफ्नो आपतकालिन राहतकोष स्थापनार्थ को लागि आगामी अगस्ट ९ तारिक दुबइको देरा दुबइ स्थित काल्टर्न टावर होटेलमा “म्याग्देली साँस्कृतिक धमका २०१९“ को आयोजना गरेको छ ।  उक्त सांस्कृतिक धमकामा नेपाल देखी बरिस्ठ लोकगायक खड्ग गर्वुजा, चर्चित लोक गायिका देबी घर्तिमगर तथा म्याग्दीका उदाउदा र साँगेतिक क्षेत्रमा दरिलो पाईला राख्दै आईरहेका लोक तथा हास्यकलाकार रबी कार्की लगायत मोडल तथा न्रित्य कलाकार रबिना भण्डारी को उपस्थिती रहने छ भने मोना युएई मा आबद्द कलाकारहरुको पनि बेजोड साँगेतिक प्रस्तुतिहरु रहने छन ।

यो साँगेतिक माहोल ले युएई मा रहेका म्याग्देली र गैरम्याग्देलीहरु को आपसी सम्बन्धमा अझ एक खुट्किला पार गर्ने तथा म्याग्देलीहरु को रहन सहन अनी कल्चर लाई अन्य जिल्लाबासीहरु बिच चिनारी गराउने एक सुनौलो मौका हुनेछ भन्ने आशा गरेका छौ अध्यक्ष रुद्र बहादुर रोकाले बताए ।

मोना युएई को यस कार्यक्रमलाई सफल बनाउन एनआरएनए, हातेमालो समुह आबुधाबी, बाग्लुङ सेवा समिती, कास्की आदर्श सेवा समाज, पर्बत सेवा समाज, इनास, राष्ट्रिय लोक तथा दोहोरी प्रतिस्ठान नेपाल युएई शाखा जस्ता सामाजिक सस्थाहरुले सहयोग गरेका छन भने फिस्टेल ट्रभल्स,नेपाली चुलो, नाग्लो रेस्टुरेन्ट, इभरेस्ट पोइन्ट रेस्टुरेन्ट, जिसिडी ग्रुप अफ कम्पनी, प्यारागन केमिकल्स ट्रेडिङ कम्पनीहरु ले प्रायोजक गरेका छन । कार्यक्रमको मिडिया सहयोगिहरुमा बेनी अनलाइन, पिआर इन्टर्टेन्टमेन्ट, म्याग्दी अनलाइन र म्याग्दी न्युज रहेका छन । यस कार्यक्रममा ८०० देखी १००० जना को उपस्थिती रहने अनुमान गरिएको छ । मोना युएई ले जिल्लामा परेको बिपतहरुमा निरन्तररुपमा आर्थिक सहयोग गर्ने गरेको छ ।