पश्चिम म्याग्दीमा निर्माणधिन अवस्थामा रहेको २५ मेगावाट क्षमताको दरबाङ–म्याग्दीखोला जलविद्युत आयोजनालाई कतारमा रहेका नेपालीले लगानीको चासो देखाएका छन् । गण्डकी प्रदेश समन्वय परिषद् र मोना कतारको समन्वयमा विभिन्न संघसंस्थाबाट प्रतिनिधित्व रहेको कार्यक्रममा खाडी मुलुकमा पसिना बगाएर जोडेको आर्थिकलाई नेपालका खोलामा खेर गएको पानीमा लगानी गर्ने बताएका थिए । प्रवासको बसाई केहीबर्ष भएकाले यहाँबाट आर्जन गरेको आर्थिक तथा सीपलाई आफ्नै जिल्लामा प्रयोग गर्ने बताएका थिए ।

जलविद्युत आयोजनामा लगानी तथा सम्भावनाका बारेमा गरिएको कार्यक्रममा धौलागिरी कालिकाका अध्यक्ष बिनोद कुवर, प्रबन्ध निर्देशक श्री हर्कमान मगर, संचालक समिति सदस्य ज्ञान बहादुर थापाले म्याग्दी खोलामा निर्माणधिन अवस्थामा रहेको आयोजनालाई समयमै सम्पन्न गर्ने गरी अगाडी बढेको बताएका थिए । अध्यक्ष कुँवरले नेपालमा जलविद्युतमा लगानी झन्झटिलो भएपनि समृद्ध नेपालको प्रमुख आधार भएकाले जलविद्युतमार्फत लगानी आवश्यकता रहेको बताए ।

उनले जलविद्युतमा गरिएको लगानी सुरक्षित भएको बताए । कार्यक्रममा गण्डकी प्रदेश समन्वय परिषद्का अध्यक्ष हंशराज ढकाल क्षत्रीले म्याग्दीको जलविद्युतमा जोडिने प्रतिबद्धता जनाउँदै परिषद्ले १ करोड लगानी गर्ने बताए । यसै जलविद्युतको टोली सहित मानव सेवा आश्रम नेपालका अध्यक्ष रामजी अधिकारीलाई मोना कतारले सम्मान गरेको छ ।

अध्यक्ष तिलु शर्मा पौडेलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा मोना आइ इ सी का उपाध्यक्ष तथा मोना कतारका संरक्षक प्रेम बहादुर विश्वकर्मा,मोना आइ सी सचिव बिक्रम कार्की, मोना कतारका प्रमुख सल्लाहकार रमेश पौडेल तथा गण्डकी प्रदेश समन्वय परिषद कतारका अध्यक्ष हंशराज ढकाल क्षेत्री लगायतको उपस्थिती रहेको थियो ।

मोना कतारका बरिष्ट उपाध्यक्ष मिन बहादुर कार्कीको स्वागत र अर्का उपाध्यक्ष ी नरेन्द्र फगामीले सस्थाको गतिबिधि र आगामी कार्यक्रमको बारेमा जानकारी गराएका थिए । मोना कतारले म्याग्दी जिल्लाम्मा स्थापना गर्न लागेको १० लाख रुपैयाको बहूउदेश्यीय अक्षय कोषमा सहयोग पुग्ने गरी कोषलाई सघाउने गरी हाईडोपावर सहयोग गरे बराबरकोमोना कतारले लगानी गर्ने प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रमको सञ्चालन महासचिव थम गिरीले गरेका थिए। कुल ३५ करोड लगानी जुटाउन हाईडोपावर कम्पनीको टोली यूके, बेल्जियम हुदै कतार पुगेको थियो । धौलागिरी कालिका हाइ्रड्रो लिमिटेडले कुल ५ अर्व १४ करोड लागतमा दरबाङ–म्याग्दीखोला जलविद्युत आयोजना निर्माण गर्न लागेको हो । आयोजनाको हाल पहुँचमार्गको विस्तार सहित आयोजनास्थलमा काम भइरहेको छ ।

पानीको वहाब ३१.४ घनमिटर प्रतिसेकेण्ड रहेको आयोजनाको ग्रेस हेड १०४ मिटर हुने छ । रन अफ द रिभर शैलीको आयोजना दरबाङ देखि दुई किलोमिटर माथी म्याग्दी खोलामा बाँध बाधेर ५ किलोमिटर टनेलमा २ सय मिटरको पेनस्टक पाईपबाट मालिका र मंगला गाउँपालिकाको सिमानमा अवस्थित बलौटेमा रहने पावर हाउसमा झारी विद्युत उत्पादन गरिने छ ।विद्युत खरिद सम्झौता (पिपिए) मा प्राधिकरणले प्रर्वधकसंग बर्षातको ८ महिना प्रति युनिट ४ रुपैयाँ ८० पैसा र सुख्खायामको ४ महिना प्रति युनिट ८ रुपैयाँ ४० पैसा रहने उल्लेख गरिएको छ ।आयोजनाबाट उत्पादित विद्युत १४ किलोमिटर लामो १ सय ३२ के.भि ट्रान्समिटर लाईन हुँदै डाँडाखेत सवस्टेसन मार्फत राष्ट्रिय प्रशारण लाईनमा जोडिने छ ।