म्याग्दीमा क्रियाशिल लायन्स क्लवले एकैदिन १ सय ८ वटा पीपलका विरुवा रोपिएको छ । बेनी नगरपालिका वडा नं ६ चुत्रेनीको सार्वजनिक क्षेत्रमा पीपलका विरुवा रोपिएको हो । पीपको बिरूवा रोपण कार्यक्रमको अवसरमा बेनपा–६ का वडा अध्यक्ष कृष्णबहादुर बानियाँले वडाभित्र बरपीपल र चौतारी संरक्षणलाई प्राथमिकता दिएको बताए ।

उनले विभिन्न संघसंस्थासँग सहकार्य गरी वडाभित्रका अन्य सार्वजनिक क्षेत्रमा समेत बरपीपल सहितको चौतारी बनाउने बताए । सोही अवसरमा लायन्स क्लवको रिजन चियरपर्सन सुनिता केसीले धार्मिकसँगै पीपलको बैज्ञानिक महत्व भएको बताईन् ।

उनले अक्सिजन दिएर मानव जातिलाई ठूलो गुण लगाउने पिपलको संरक्षणका लागि लायन्स क्लवले थप कार्यक्रम ल्याउने बताईन् । कार्यक्रममा विशिष्ट अतिथि ब्रहकुमारी ईश्वरीय विश्व विद्यालय राजयोग प्रशिक्षण म्याग्दीकी प्रमुख रिना दिदीले बायू, ध्वनि प्रदुषणलाई न्यून गरी वातावरण सन्तुलित बनाउने पीपलको संरक्षण गर्नुपर्ने बताईन् । उनले पीपलको महत्वका बारेमा हरेक नागरिकलाई जानकारी हुनुपर्ने बताईन् ।

विभिन्न चाडपर्वमा पिपलको पुजा गर्नुपर्ने मान्यता र प्रचलनका आभारमा स्थानीयवासीहरुलाई सहज होस र बातावरण तथा पर्यावरणको संरक्षण होस् भन्ने उद्देश्यले पिपलका विरुवा रोपिएको बताउँदै प्रति पीपलको बिरुवा संरक्षणका लागि ७ सय रुपैयाँको दरले ७२ हजार ६ सय रुपैयाँको कोष समेत बनाइएको लान्यस सुविन श्रेष्ठले बताए ।

सामाजिक तथा मानवीय सहयोगलाई प्राथमिकता दिने गरेको लायन्सको पहलका हालसम्म विभिन्न कार्यक्रम भएका छन् । म्याग्दीकै लायन्सको पहलमा बेनपा ९ तोरिपानीको गलेश्वर मावि र मालिका गाउँपालिका–७ बिममा प्रति विद्यालय २ करोड बराबरको भवन निर्माणधिन अवस्थामा रहेको छ भने हरेक बर्ष स्वास्थ्य शिविर सहित विभिन्न गतिविधि हुने गरेको छ ।