दशैंमा घरमा आएर विवाह गर्ने कविन्द्र छन्त्यालको चाहना अधुरै रह्यो । रोजगारको सिलसिलामा मलेसियामा पुगेको छोरा पाँचबर्षपछि घर फर्किने खवरले आमा टेकुमा छन्त्याल खुसी थिईन् । १ छोरी र ४ सन्तानकी धनी टेकुमाले यो खवर माईतीदेखि सबै आफन्तलाई जानकारी गराएकी थिईन् ।

छोरा घर फर्किने दिन गन्दै बसेकी टेकुमाले माईती बागलुङको नर्जाखानीमै छोराले संसार छोडेको खवर सुनेपछि शोकमा डुवेकी छन् । म्याग्दीको धवलागिरी गाउँपालिका वडा नं १ गूर्जाका कविन्द्रको मलेसियामा मोटरसाईकल दुर्घटनामा ज्यान गएपछि परिवार शोकमा डुवेको छ । चार छोरामध्ये साईला कविन्द्रको बिबाहको समान्य तयारीमा जुटेका परिवारसँगै सहित आफन्त शोकाकुल बनेका छन् । कम्पनीमा कार्यरत साथीलाई मोटरसाईकलमा ल्याउन पुगेका कविन्द्रको जीवन सोही मोटरसाईकलमा सकियो । दुर्घटनमाको खवर सुनेर माईत पुगेकी टेकुमा घर फर्किएकी छन् ।

दाजुभाउजु, भाईबुहारी र आफन्तले समेत कविन्द्रको अकल्पनीय मृत्युलाई पत्याउन सकेका छैनन् । ‘अब घर फर्किएर बिवाह गर्ने भन्दै हुनुहुन्थ्यो,‘केही पैसा जम्मा गरेकाले ब्यवसाय गर्ने योजना थियो’ कान्छा भाई सुमन छन्त्यालले भने । उनले दाईको चाहना र आमाको एउटै भएपनि दैवले लुटेको बताए ।

मृत्युको खवरपछि बालसिंह छन्त्याल सहित कागजपत्र लिएर काठमाण्डौ पुगेका सुमनले दाईको बिबाह गर्ने सपना अधुरै रहेको भन्दै भगवान पनि निष्टुरी भएको बताए । ‘सानैमा बुबाको मृत्यु भयो,‘आमाले नै बुबाको जिम्मेबारी पुरा गर्नुभयो’ उनले भने । आमाको चाहना अनुसार नै नेपाल आउने योजना बनाएको अवस्थामा मृत्युको खवरले उनका विदेशमा रहेका गाउँले दौतरीले समेत सामाजिक सञ्जालमा दुख प्रकट गरेका छन् । उनी गैरकानुनी रुपमा मलेसियामा बसिरहेको अवस्थामा शब नेपाल ल्याउन केही दिन लाग्ने बताइएको छ ।