गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको अध्यक्षमा पुनः राधिका (टिका) गुरुङ बिजय भएकी छन् । सातौं अधिवेसनमा राधिकाले अत्याधिक मत सहित विजय भएकी हुन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्र्तराष्ट्रिय समन्वय समितिकी बरिष्ठ उपाध्यक्ष समेत रहेकी गुरुङले आफ्ना अधुरा योजना पुरा गर्ने बताईन् ।

बेनी नगरपालिका–७ विरेन्द्रचोककी गुरूङ हङकङ नेपाली ब्यापार संघकी कार्यकारिणी सदस्य, सहारा क्लव र मिस हङकङ सोसाईटीको सल्लाहकार, गुरूङ समुदायको साझा संस्था तमु ट्यो ह्युलको भूपु कोषाध्यक्ष तथा बर्तमान सल्लाहकार लगाएत हङकङमा रहेका दर्जन भन्दा धेरै नेपाली सामाजिक संघसंस्थामा सक्रिय रहेकी गुरुङ हङकङ र मकाउमा रियलस्टेट ब्यवसायी समेत हुन् । हङकङमा सामाजिक तथा मानवीय सेवामा सक्रिय भएकै कारण हङकङ सरकारले प्रदान गर्ने विशिष्ट सम्मानमा पर्ने ‘चीफ एक्जक्यूटिभ कमेन्डेसन फर कम्यूनिटी सर्भिस’ सम्मानित भएकी थिईन् ।

विज्ञापन