महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले अपांगता भएका व्यक्तिलाई दिने मासिक भत्ता र सेवा सुविधा सहज रुपमा उपलब्ध गराउन तथा वृद्धि गर्न छलफल भइरहेको बताउनुभएको छ । राष्ट्रिय सभाको बैठकमा सांसदहरुले अपांगता भएका व्यक्तिहरुको सामाजिक सुरक्षासम्बन्धी ध्यानाकर्षण प्रस्तावमा प्रश्न उठाएपछि मन्त्री थापाले थप कानूनको प्रबन्ध गर्नुका साथै भएका कानून परिमार्जनसमेत गरिने बताउनुभएको हो ।

बैठकमा नेपाली कांग्रेसका सांसदहरु प्रकाश पन्थ, जितेन्द्रनारायण देव, बद्री पाण्डे र अनिता देवकोटाले अपांगता भएका व्यक्तिको सामाजिक सुरक्षा सम्बन्धमा बनेका कानून र भएका व्यवस्था प्रभावकारी कार्यान्वयन हुन नसकेको भन्दै कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराएका थिए ।