सिद्धार्थ बैंक बेनी शाखाले प्रसिद्ध धार्मिकस्थल गलेश्वर मन्दिर परिसरमा बृक्षरोपण गरेको छ । सामाजिक उत्तरदाहित्व अन्तरगत बृक्षारोपणमार्फत वातावरण संरक्षणका लागि फलफुल अन्तरगत आँप, लिची र अम्बाका बिरुवा लगाइएको शाखा प्रबन्धक गणेश पाठकले बताए । ‘वातावरण संरक्षणको क्षेत्रमा देशैभरीका शाखाले कार्यक्रम गरिन्छ,‘वित्तियसँगै समुदायमा विभिन्न कार्यक्रम गर्ने गर्दछौ’ पाठकले भने ।

शाखामार्फत विपन्नलाई आर्थिक सहयोग, वित्तिय साक्षरता कार्यक्रम, गलेश्वर बृद्धआश्रमलाई सहयोग लगाएत विभिन्न कार्यक्रम सञ्चालन गरिएको छ । बैकले बृक्षहरुको सुरक्षा, सरसफाई तथा थप बृक्षरोपण कार्यक्रमलाई भविस्यमा पनि निरन्तरता दिने जनाएको छ । बेनीमा शाखा विस्तार गरेका ‘क’ बर्गको नीजि बैंकमा सामाजिक उत्तरदाहित्व अन्तरगतका गतिविधिमा सिद्धार्थ अगाडी देखिन्छ ।