हालै प्रकाशित कक्षा १२ को नतिजामा चित्त नबुझेका विद्यार्थीहरुले फेरि चेक गर्न पाउँने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले दिएको जानकारी अनुसार विद्यार्थीले आफ्ने नतिजा मन नपरेको खण्डमा यही साउन २८ गतेसम्म बोर्डको कार्यालय सानोठिमी भक्तपुरमा आएर चेक गर्न सक्नेछन् । आफ्नो नतिजा फेरि चेक गर्नको लागि एउटा विषयको ५ सय तिर्नुपर्नेछ । यो सँगै मौका परीक्षालाई लिएर पनि नयाँ जानकारी दिइएको छ । मौका परीक्षा कहिले देखि सुरु हुने भन्ने विषयमा जानकारी दिइएको छैन । थप जानकारी तल दिइएको छ । सम्बन्धीत सबैको जानकारीका लागि सेयर गर्नुहोला् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।