राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परिक्षामा प्रकाश माविकी सोनी जिसीले टप गरेकी छन् । सोमबार सार्वजनिक भएको नतिजामा प्रकाश मावि बेनीबाट विज्ञान संकायकी जिसीले साविकको धौलागिरी अञ्चलमै उत्कृष्ट नतिजा ल्याउन सफल भएकी हुन् । छिमेकी जलजला गाउँपालिकाको पर्वतबेनी स्थायी घर भएकी जिसीले ३.६६ जीपीए प्राप्त गरेको विद्यालयका प्रधानध्यापक हरिकृष्ण सुबेदीले बताए ।

‘उनको जीपिए धौलागिरीकै चारजिल्लामै उत्कृष्ट हो,‘सम्रगमा विद्यालयको नतिजा उत्कृष्ट छ’ सुबेदीले भने । विज्ञान संकायमा विद्यालयले लगातार उत्कृष्ट नतिजा ल्याइरहेको सुबेदीको भनाई छ । पर्वत बेनीमा रहेको न्यू होराइजन आवासीय माविबाट आधारभुत तहको शिक्षा सकेपछि कक्षा ८ मा प्रकाश माविमा आएकी जिसीले जिल्लास्तरीय परिक्षामा ९२.५८ अंक ल्याएर जिल्ला प्रथम, २०७३ सालको एसईईमा ३.६५ ल्याई सामुदायिकतर्फ जिल्ला प्रथम भएकी थिर्ईन् ।

पढाईमा अब्बल जिसीले कक्षा ११ मा समेत राष्ट्रिय बोर्डबाट उत्कृष्ट नतिजा ल्याइपछि साईला मुखीया विश्वराम विज्ञान छात्रबृत्रि पुरस्कारबाट सम्मानित भएको विद्यालयका सहायक प्रधानध्यापक लेकबहादुर हमालले बेनीअनलाइनलाई बताए । उनका अनुसार एईईमा मोना हङकङ सहित विभिन्न संघसंस्थाले समेत पुरस्कार प्रदान गरेको बताए । विज्ञान संकायका लागि जिल्ला बाहिर जानुपर्ने अवस्थालाई अन्त्य गदैं विद्यालयले सुरु गरेको विज्ञान संकायले धेरै विद्यार्थीलाई सहज भएको छ।