धवलागिरी गाउँपालिका–७ एतिहाँसिक ताकमकोतबाट नजिकै देखिने चाँदी जस्तै टल्कने हिमाल छन् । पर्यटकीय तथा धार्मिक गन्तब्य ताकमकोतबाट बिहान उदाउने सूर्य विश्वकै सातौ अग्लो धौलागिरी, गूर्जा, पुथा, चुरेन, मानापाथी लगाएतका आधा दर्जन हिमाल पर्दा सुन जस्तै टल्किने दृष्यले त्यहाँ पुग्ने सबैलाई रोमाञ्चित बनाउँछ ।

छिमेकी मालिका गाउँपालिकाको देविस्थान सहित विभिन्न गाउँको प्राकृतिक सून्दरताको जति बख्यान गरेपनि सकिदैन् । सडक र पदमार्ग हुदै ताकमकोतमा पुगेपछि बाईसेचौविसे राज्यका पालामा बनेका हतियार सहित सामानको अबलोकन गरेलगत्तै आँखामै ठोकिने हिमश्रंखलासँगै मोबाइल र क्यामेराले सेल्फी खिच्छन् । हिमालसँगै रमाउँदा समय वितेको पत्तै हुदैन् ।काफलडाँडा हुदै जाँदा बाटोमा बन्यजन्तु समेत भेटिन्छन् ।

पैदलमार्ग र सडक सञ्जालले सहज बनाएको ताकमकोटमा पुगेर म्याग्दीका बालबालिकाको क्षेत्रमा सक्रिय गैरसरकारी संस्था सिविन नेपालका कार्यक्रम संयोजक बसन्त ढुंगानाको क्यामेराको लेन्सले टिपेको हिमालका सुन्दर तस्वीरहरु ।म्याग्दी जिल्ला हिमालको धनी जिल्लाको रुपमा समेत चिनिन्छ । म्याग्दीमा ८ हजार मिटरभन्दा माथि धौलागिरी र अन्नपूर्ण हिमाल छन् भने जिल्लाको सिमानाभित्र करिव दुईदर्जन सानाठुलो हिमाल छन् । तस्वीरहरू बसन्त ढुंगाना