बेनी–जोमसोम सडकखण्डमा दैनिकजसो पाइप फुटेपछि डेढ महिनायता बेनीमा भइरहेको खानेपानीको अभावलाई समाधान गर्ने बेनी नगरपालिकाको दमकलले बजार क्षेत्रमा खानेपानी वितरण सुरू गरेको छ । आगलागी नियन्त्रण गर्ने उदेश्यले ल्याइएको दमकलले आपतकालिन अवस्थामा खानेपानी वितरण सुरू गरिएको मेयर हरिकुमार श्रेष्ठले बताए । उनले खानेपानीको हाहाकार भएपछि दमकलबाटै वितरण गरिएको बताए ।

वडाका जनप्रतिनिधिहरुलाई परिचालन गरी बेनीबजार तथा आसपासका क्षेत्रमा दमकलले अस्थायी रुपमा खानेपानी वितरण गरेको बताए । उनले भविस्यमा पनि अभाव भए दमकमलको प्रयोग गर्ने बताए । सडकखण्ड अन्तरगत गलेश्वर आसपासका क्षेत्रमा सहमति विपरित डोजरले दैनिकजसो खानेपानी आपूर्ती गर्ने पाइपमा क्षती पु¥याउन थालेपछि पटकपटक बैठक बसेर समाधानको प्रयास गरेपनि ठेकेदारले उल्लंघन गरेपछि खानेपानीको अभाव भएको उनको भनाई छ ।

बेनी खानेपानी तथा सरसफाई उभपोक्ता संस्थाले अन्नपूर्ण गाउँपालिका वडा नं ८ राम्चेको पुम्दीखोला र बेनी नगरपालिका–३ भकिम्लीको दुधेखोलाबाट पानी ल्याएर सदरमुकाम बेनी सहित गलेश्वर, बगरफाँट र मंगलाघाट क्षेत्रका करिव २० हजार उपभोक्तालाई वितरण गर्ने गरेको थियो ।  सडक विस्तार र पहिरोले दैनिकजसो पाईपमा क्षती पुगेपछि कालिपुल बसपार्क, न्यूरोड, गणेशटोल, संगमचोक लगाएत आसपासका क्षेत्रका बासिन्दालाई यूवा ब्यवसायीले कुलदिप जुग्जालीले निशुल्क खानेपानी वितरण गर्ने गरेका थिए । दमकलले खानेपानी ल्याएपछि सर्वसाधारणको भीड लागेको छ।

संस्थाका अध्यक्ष सुवासकुमार श्रेष्ठले धार्मिकस्थल गलेश्वरको पुलवारी र गलेश्वरको पुलपारीको सडक विस्तारको जिम्मा लिएकाले पाइपमा दैनिकजसो क्षती पु¥याउने गरेको बताए ।मुहानबाट ल्याइएको पानी बेनीबजार भन्दा माथि बराहपाखो समुदायिक वनमा निर्माण गरिएको ट्याङकीमा जम्मा हुन्छ । प्रतिसेकेण्ड २५ लिटर पानी जम्मा हुने ट्याङकीबाट घर–घरमा पानी वितरण गरिएको छ।