जेनिशा पुरी/ म्याग्दीम हुने अघोषित लोडसेडिङ्गलाई हटाउन माग गर्दै चेम्वर अफ कमर्स म्याग्दीले विद्युत प्राधिकरणको ध्यानकर्षण गराएका थिए । अनियमित विद्युत कटौतीले उद्योग, कलकारखाना लगाएतका साना ब्यवसायमा समेत असर गरेकाले तत्काल रोक्न माग गदैं अध्यक्ष भरत रकालको नेतृत्वमा गएको टोलीले प्राधिकरण बेनी वितरण केन्द्रका प्रमुख नेत्रमणी पौडेललाई ज्ञापन पत्र बुझाउँदै समस्या समाधान गर्न माग गरे ।‘समस्याले धेरै सास्ती खेप्नुपरेको छ,‘दिर्घकालिन समाधानको उपाय खोज्नुपर्यो’ अध्यक्ष रकालले भने ।

यता बेनी वितरण केन्द्रका प्रमुख पौडेलले विद्युत आपूर्तीमा बेनी वितरण केन्द्रको कमजोरी नभएको बताए ।उनले पर्वत र बागलुङमा समस्या देखिएपनि म्याग्दीमा समेत असर गर्ने भएकाले केन्द्रबाटै पहल गर्नुपर्ने बताए । म्याग्दीलाई वितरण गर्ने विद्युतको ग्रिड छुट्टै भएमा समस्या समाधान हुने भएकाले पनि प्रदेश र संघीय सरकारमार्फत नै पहल गर्नुपर्ने बताए।

अनियमित लोडसेडिङ्गले फर्निचर, मासु,ग्रिल उद्योग संगै विद्युतीय उपकरणद्धारा सञ्चालित उद्योग व्यवसायमा समस्या भइरहेको छ ।डेढ दशक देखी म्याग्दी उद्योग वाणिज्य संघले विद्युत कार्यालयलाई विद्युत आपूर्तीमा देखिएको विद्युत समस्या समाधानको लागि दबाबमुलक कार्यक्रम गदैं आइरहेको छ । हालै म्याग्दीमा गठन भएको म्याग्दी चेम्वर अफ कमर्सका उपाध्यक्ष यामनाथ सुबेदी र कोषाध्यक्ष कुलबहादुर बोहोरा लगाएतको उपस्थिती रहेको थियो ।