बेनी नगरपालिका–२ ज्यामरुकोटको बन्चरेढुंगामा रहेको एनसेलको टावरमा अज्ञात समुहले आक्रमण गरी क्षती पु¥याएको छ। बुधबार राती करिव साढे १० बजे टावरभित्र बम विष्फोटको आवाजसँगै आगलागी भएको स्थानीय कौशिला घिमिरेले बताईन् ।‘एक्कासी ठूलो आवाज आयो,‘टावरभित्र नै आगो देखिएको थियो, हामी जान सकेनौ’ घिमिरेले भनिन् ।

क्षती पुगेपछि एनसेलको सेवा समेत अवरुद्ध भएको स्थानीयले बताएका छन् । विहान प्रहरीको टोली समेत घटनास्थलतर्फ गएको छ । यसैविच प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । देशका विभिन्न भागमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीले आक्रमण गरेको दावी गरिएपनि म्याग्दीमा भने आगजनीको कुनै जिम्मेबारी लिइएको छैन्। राज्यलाई कर उपलब्ध नगराएको भन्दै विप्लव नेतृत्वको नेकपाले पटकपटक एनसेललाई धम्की समेत दिने गरेको थियो । जिल्लाको भकिम्ली, कुहुँको टोड्के, देविस्थान, मराङ लगाएतका क्षेत्रमा एनसेलको टावर रहेको छ । file photo