भजनको आम्दानी सामाजिक कार्यमा

0
238

भजनमा आफ्नै शैली, लय अनि रहस्य लुकेको भएपनि युवापुस्ताको रक, पप र विदेशी गीतप्रतिको मोहले विस्तारै गाउँघरबाटै लोभ हुन लागेको छ । भजनमा सक्रियता देखाउने पुराना पुस्ताको प्रयासले मन्दिर, गाउँघरमा बेला–बेलामा गुन्जिने गरेको अवस्थामा म्याग्दीको मंगला गाउँपालिका–३ बरंजा झाँक्रीपानीका महिलाले भजनबाटै आम्दानी गरी सामाजिक कार्यमा सहयोग गर्ने गरेको छ ।

स्थानीय महिलाको सक्रियतामा स्थापना भएको सुरक्षित मातृत्व आमा समुहले पर्यटकीयस्थल झाँक्रीपानीमा आउने आन्तरिक पर्यटक,विदेशबाट फर्किएका लाहुरे तथा विभिन्न सार्वजनिक कार्यक्रममा भजनमार्फत स्वागत गर्ने गरेको छ । भजनबाटै सङ्कलन गरेको आर्थिकले स्थानीय विश्वज्योती आधारभुत विद्यालयमा बालविकासकी सहजकर्तालाई मासिक २५ सय, शैक्षिक साम्रागी सहयोग, सामुदायक भवन निर्माणमा दुईलाख, कृषि उत्पादनलाई सघाउन ६५ हजारको औजार खरिद, विवाह, बर्तबन्ध लगाएत सामाजिक कार्यमा आवश्यक पर्ने भाडाकुँडा, कुर्ची उपलब्ध गराउने गरेको समुहकी अध्यक्ष रञ्जु रोकाले बताईन् ।

गाउँको विद्यालयलाई नियमित आर्थिक सहयोगसँगै समुहमा लगानीको ब्याजबाट समेत थप शैक्षिक तथा सामाजिक कार्यलाई सहज भएको विद्यालयकी प्रधानध्यापक तुलसी रोकाको भनाई छ। गाउँपालिकाले गाउँमै रहेको पर्यटकीयस्थलमा तीनतले भ्यूटावर, पदमार्ग सहित पर्यटकलाई आर्कषित गर्ने पुर्वाधारहरू विस्तार गरेपछि समुहले थप योजना सहित भजनमार्फत स्वागत गर्ने तयारी गरेको जनाएको छ ।

यता गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले पाश्यात्य संस्कृतिको अतिक्रमणबाट नेपालको मौलिक लोभ हुने अवस्थामा स्थानीयले गरेको प्रयासबाट उत्साहित भएको बताए । भजनमार्फत समुदायमा आवश्यक क्षेत्रमा सहयोग गर्ने स्थानीयलाई घुम्न गएकाले समेत खुलेर सहयोग गर्ने गरेका छन् ।

Leave a Reply