सामाजिक सञ्जालले हिंसा

0
152

प्रहरीले सामाजिक सञ्जालको दुरुपयोग हुँदा हिंसाका घटना बढेको जनाएको छ । घरपरिवारले बालबालिकाको गतिविधिमा निगरानी गरी सामाजिक सञ्जाललाई सही कामका लागि प्रयोग गर्न सिकाउनसके हिंसाका घटना न्यूनिकरण गर्न सहयोग पुग्ने महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले बताउनुभयो ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत आज काठमाडौँमा आयोजित अन्तक्रिया कार्यक्रममा उहाँले समाजमा लैैङ्गिक हिंसा हुनुका प्रमुख कारण सामाजिक सञ्जाल रहेको दाबी गर्नुभयो ।सबै मिलेर अगाडि बढ्नसके शान्त, सुरक्षित तथा सभ्य समाज निर्माण गर्न सकिने चर्चा गर्दै उहाँले समाजमा कुनै पनि शङ्कास्पद गतिविधि भएमा तत्काल १०० नम्बरमा कल गर्ने बानी बसाल्नसमेत अनुरोध गर्नुभयो ।

नेपाल प्रहरीले समाजमा अपराध नियन्त्रण गरी शान्ति सुरक्षा कायम गर्न गत वर्षको कार्तिक देखि समुदाय–प्रहरी साझेदारी अभियान शुरु गरेको थियो । उक्त अभियानका कारण समुदाय र प्रहरीको सम्बन्ध प्रगाढ बन्दै गएको र आपराधिक घटना बाहिर ल्याउन सहयोग पुगेको प्रहरीको निष्कर्ष छ ।प्रहरीले अहिले विद्यालयदेखि विभिन्न जिल्लामा पालिका समिति निर्माण गरेर गाउँगाउँमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

Leave a Reply